×

NMB BANK
NIC ASIA

विराटनगरमा फेरि अर्को अपराध : पत्नी, छोरी र सालोमाथि खुकुरी प्रहार

भदौ ५, २०७५

NTC
Premier Steels

विराटनगर – विराटनगरमा १ हप्ता यता आपराधिक गतिविधि बढेका छन् ।

Muktinath Bank

हप्ता दिनमा २ वटा हत्या र एउटा हत्याको प्रयास भएको छ । गत शुक्रवार शिखा हत्या प्रकरण सेलाउन नपाउँदै १ जना सुरक्षा गार्डको हत्या भयो । सुरक्षा गार्डको हत्या भएको २ दिन बित्न नपाउँदै विराटनगरमा फेरि १ व्यक्तिले पत्नी, छोरी र सालोलाई खुकुरी प्रहार गरी हत्याको प्रयास गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर–११ पिचडामा माइती घरमा बस्दै आएकी पुनम सहनीलाई टाउकोमा गम्भीर चोट लागेको छ । उनका पति दिलिप सहनीको खुकुरी प्रहारबाट अन्य २ जना पनि घाइते भएका छन् । ४० वर्षीय दिलिप सहनीले विराटनगर–११ स्थित ससुरालीमा बस्दै आएकी ३५ वर्षीया पत्नी पुनम सहनीको टाउकोमा  खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

पुनमकी आमा र दिदीलाई बचाउन खोच्दा पुनकी छोरी मनिता सहनी, भाई सन्दिप सहनीको टाउको र हातमा चोक लागेको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते ३ जनाको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।  

Vianet communication

सिरहाको गोलबजारमा बस्दै आएका दिलिपले मंगलबार बिहान ९ बजे विराटनगरमा आएर पुनमलाई जबर्जस्ती घर लैजान खोज्दा नमानेपछि दिलिपले खुकुरी प्रहार गरेको पुनमका आफन्तले बताएका छन् ।

दिलिपकी तेस्रो पत्नी पुनम

दिलिपकी तेस्रो पत्नी पुनम हुन् । दिलिपका २ पत्नीले छाडेर गइसकेका छन्  । पुनमको पनि दिलिपसँग दोस्रो विवाह हो । पहिलो पतिको निधनपछि उनले ७ महिना अगाडि दिलिपसँग विवाह गरेकी थिइन् ।

पुनमका पहिलो पतिबाट ४ छोरी र २ छोरा छन् । घाइते पुनमका भतिजो सुनिल सहनीका अनुसार  विवाह गरेका २ पत्नीले छाडेर गएपछि दिलिपले ७ महिनाअघि पुनमसँग विवाह गरेका थिए ।

विवाह गरेको २ महिनासम्म राम्रैसँग एकआपसमा मिलेर बसेका थिए । तर, केही महिना यता पुनमलाई शारीरिक र मानसिक तनाव दिने गरेको पुनमका भतिज सुनिलले बताए । विवाह गरेपछि पुनमलाई ५ महिना यता सिरहा गोलबजार लगेर पटक–पटक कुटपिट र यातना दिन थालेपछि सहन नसकेर पुनम २ साताअघि विराटनगर माइतमै बस्दै आएकी थिइन् ।

मंगलवार माइतमै आएर जबर्जस्ती सिरहा लैजान खोज्दा नमानेपछि खुकुरी प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । घटनामा संलग्न दिलिपलाई भाग्न खोज्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान शुरू गरेको प्रहरी प्रमुख केसीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x