×

NMB BANK
NIC ASIA

शेयर बजारमा कमजोर देखिए नौ ठूला बैंक तथा वित्तीय संस्था !

भदौ १७, २०७५

NTC
Premier Steels

काठमाडौं – कुनै समय बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौं लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाको शेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ । 

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैंक तथा वित्तीय संस्थाको शेयर आधारभूत मूल्यकै हाराहारीमा रहेको छ । शेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद समय भएपनि कारोवार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ । घट्दो बजारका कारण ठूला बैंककै शेयर आधारभूत मूल्यकै तहमा आइपुग्दा नयाँ लगानीकर्तालाई लगानीको अवसर प्रदान गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टककाअनुसार सेञ्चुरी बैंकको प्रतिशेयर मूल्य रु १६९ रहेको छ । गत वर्ष भदौ दोस्रो साता पनि सो बैंकको शेयर मूल्य रु २२७ रहेको थियो । यस्तै सिभिल बैंकको शेयर पनि घटेको छ । सो बैंकको प्रतिशेयर मूल्य रु १४८ रहेको छ । गत वर्ष भदौमा सो बैंकको शेयर रु २३० मा खरिद बिक्री भएको थियो । जनता बैंकको शेयर प्रतिकित्ता रु १५३ मा खरिद बिक्री भएको छ । गत बिहिबारको तथ्याङ्क अनुसार सो बैंकको शेयर निरन्तर ओरालो लाग्दै गएको छ । गत वर्ष भदौमा सो बैंकको शेयर रु २५४ मूल्यमा खरिद बिक्री भएको थियो ।


Advertisment
Nabil box
Kumari

यस्तै मेगा बैंक लिमिटेडको शेयर रु १६१ मूल्यमा खरिद बिक्री भएको छ । गत वर्ष रु ४४९ मा कारोवार भएको सो बैंकको शेयर निरन्तर ओरालो लागेको छ । 

Vianet communication

माछापुच्छ्रे बैंकको शेयर पनि दोस्रो बजारमा कमजोर देखिएको छ । सो बैंकको शेयर गत बिहिबार रु २०४ मा खरिद बिक्री भएको थियो । गत वर्ष भदौमा समेत सो बैंकको शेयर रु ३२७ कारोवार भएको थियो । शेयर बजारमा नेपाल बङ्गलादेश बैंक कमजोर देखिएको छ । सो बैंकको शेयर रु १९९ मा कारोवार भएको छ । गत वर्ष भदौमा सो बैंकको शेयर रु ३३२ मा खरिद बिक्री भएको थियो । एनसिसि बैंकको शेयर पनि ओरालो लागेको छ । सो बैंकको शेयर प्रतिकित्ता रु १८० मा बिक्री भएको थियो । गत वर्ष भदौमा रु ३६४ मा खरिद बिक्री भएको थियो । 

यस्तै प्रभु बैंकको शेयर प्रतिकित्ता रु १८० मा खरिद बिक्री भएको छ । गत वर्ष भदौमा रु ३७० मा कारोबार भएको थियो । सिटिजन बैंकको प्रतिकित्ता शेयर रु २३५, ग्लोबल आइएमइ बैंकको रु २९६, लक्ष्मी बैंकको रु २३३, बैंक अफ काठमाडौँको रु २८९, नेपाल बैंक लिमिटेडको रु २८६, एनएमबी बैंकको रु ३१६, प्राइम बैंकको रु २९५, सनराइज बैंकको रु २२०, एनआइसी एसिया बैंकको रु ३४० तथा सानिमा बैंकको प्रतिकित्ता शेयर रु ३२० मा कारोबार भएको छ । 

तीन बैंकको शेयर मात्रै बढी 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये तीन बैंकको शेयर मात्रै रु पाँच सय माथि रहेको छ । स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिकित्ता शेयर रु ७१५ मा कारोबार भएको छ । गत वर्ष रु दुई हजार २०१ मा कारोवार भएको सो बैंकको शेयर मूल्य घट्दै गएको छ । नबिल बैंक लिमिटेडको प्रतिकित्ता शेयर रु ९४७ मा कारोबार भइरहेको छ । गत वर्ष सो बैंकको शेयर रु एक हजार ६६५ मा खरिद बिक्री भएको थियो । एभरेष्ट बैंक लिमिटेको शेयर मूल्य रु ६५८ रहेको छ । गत वर्ष रु एक हजार २६६ मा कारोवार भएको थियो । नेपाल एसबिआई बैंकको शेयर रु ४९३ मा कारोवार भएको छ । 

नयाँ लगानीकर्तालाई अवसर 

शेयर बजार विश्लेषक प्रकाश तिवारी सुरक्षित लगानी गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानी गर्ने अवसर रहेको बताउँछन् । चाँडो फाइदा खोज्ने र थोरै लगानी गरेर धेरै नाफा खोज्नेलाई भने वित्तीय क्षेत्रभन्दा अन्य क्षेत्र नै उपयुक्त रहेको उनको भनाइ छ । सामान्यता बैंक तथा वित्तीय संस्थाको शेयरमा जोखिम कम हुने भएकाले पनि नागरिकको आर्कषण रहने गर्दछ । ‘वियरिस ट‍्रेन्ड’ मा रहेको बजारको प्रभाव सो क्षेत्रमा समेत परेको छ । विश्लेषक तिवारी ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाको शेयर आधरभूत मूल्यका हाराहारीमा रहनु नयाँ लगानीकर्ताका लागि अवसर हो, भन्छन् । रासस/रमेश लम्साल

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x