×

NMB BANK
NIC ASIA

निर्मला हत्याकाण्ड : अधुरो प्रतिवेदन बोकेर काठमाडौं फर्किंदै उच्चस्तरीय टोली, ‘प्रहरीबाट गम्भीर लापरवाही’

भदौ २२, २०७५

NTC
Premier Steels

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली शनिवार काठमाडौं फिर्ता हुँदैछ ।

Muktinath Bank

१५ दिनभित्र छानविन प्रतिवेदन बुझाइसक्नुपर्ने समय सीमा पाएको गृह मन्त्रालयका उपसचिव हरिप्रसाद मैनाली संयोजत्कत्वको टोलीले भदौ ८ गतेदेखि छानबीन थालेको थियो । तर, समितिले अपूरो प्रतिवेदन लिएर शनिवार काठमाडौं फिर्ता हुने तयारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मैनालीले कञ्चनपुर घटनामा मुछिएका प्रहरी अधिकारी सबै केन्द्रमा तानिएका हँुदा उनीहरूसँग पनि शोधपुछ गर्न बाँकी रहेकाले शोधपुछ गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने बताए ।


Advertisment
Nabil box
Kumari

‘घटनामा यहाँका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक यकिन्द्र खड्कालगायत प्रहरी अधिकारीहरू केन्द्रमै तानिएका छन् । उनीहरूसँग शोधपुछ गरेर मात्रै प्रतिवेदनलाई अन्तिम रुप दिन्छौं,’ संयोजक मैनालीले भने । अझै ३–४ दिन प्रतिवेदन लेखनमा समय लाग्ने बताउँदै संयोजक मैनालीले त्यसपछि मात्रै सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिए ।

Vianet communication

राष्ट्रिय मानवअधिकार आयोगको जस्तै उच्च स्तरीय छानबीन टोलीले पनि घटनाको अनुसन्धानमा प्रहरीको चरम लापरवाही गरेको ठहर गरेको छ । ‘हामीले १५ दिनसम्ममा सबै पक्षसँग बस्यौ । उनीहरूको विवरण लियौ । आन्दोलन किन भयो ? प्रहरीले बल किन प्रयोग गर्यो ? लगायत विषयवस्तुमा रहेर छानबीन गर्यौं,’ उनले अगाडि थपे, ‘वास्तवमा प्रहरीले घटनाको प्रारम्भिक चरणमा गम्भीर लापरवाही गरेकै हो । प्रहरीले भदौ ८ गते गोली चलाउनुपर्ने कुनै आवश्यकता नै थिएन । प्रहरीले आत्तिएर गोली चलाएको हो । अन्ततः प्रहरीको गोली लागेर शनि खुनाले ज्यान गुमाए ।’

घटनालाई उत्तेजित पार्नुमा सामाजिक सञ्जाल प्रयोगकर्ताको पनि ठूलो हात रहेको समितिको ठहर छ । घटनाबारे आएको विभिन्न अनर्गल, भ्रामक र उत्तेजित पार्ने सामग्रीले पनि उत्तेजना फैलिएको समितिको भनाई छ । प्रहरीले अझै अनुसन्धान जारी राखेको बताउँदै संयोजक मैनालीले अपराधी पत्ता लगाउने अन्तिम तथा मुख्य जिम्मेवारी पनि प्रहरीकै रहेको उल्लेख गरे । तर, न्याय पाउने कुरामा कुनै आशंका गर्ने ठाउँ नभएको उनको भनाई छ ।

यसैबीच, शुक्रवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि कञ्चनपुरमै रहेका छन् । हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन पुगेका प्रहरी महानिरीक्षक खनालले निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भएपनि उन्मुक्ति नमिल्ने बताए । केही ढिलो भएपनि अपराधीलाई कानूनी दायरामा ल्याएरै छोड्ने दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x