×

NMB BANK
NIC ASIA

उपप्रधानमन्त्री रहेका उपेन्द्रको पार्टीले संविधान दिवसको विरोध गर्ने

भदौ २९, २०७५

NTC
Premier Steels

जनकपुरधाम– संघीय सरकारको एक घटक संघीय समाजवादी फोरम नेपालले संविधान दिवसको सट्टा विरोध दिवस मनाउने भएको छ । 

Muktinath Bank

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवस को दिन विरोधमा ‘कालो दिवस’ भन्दै विरोध गर्ने औपचारिक निर्णय गरेसँगै फोरमले पनि संविधान दिवसको विरोध गर्न लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले भने,‘संविधान त्रुटीपूर्ण छ, अधुरो छ, त्यसलाई पूर्ण रूपले हामीले स्वीकार गरिसकेका छैनौं, त्यसैले संविधान दिवस मनाउने कुरै भएन ।’ संघीय समाजबादी फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष समेत रहेका मन्त्री यादवले भने, ‘संविधान संशोधन हाम्रो प्रमुख मुद्दा हो, संशोधन नभएकाले फोरम नेपालले पनि संविधान दिवसको अवसरमा दीपावली मनाउँदैन, बिरोधको कार्यक्रम गर्छ ।’


Advertisment
Nabil box
Kumari

फोरम अध्यक्ष उपेन्द्र यादव केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री हुन् । उपप्रधामन्त्री यादवले पनि संविधान दिवसको विरोध गर्छन् त भन्ने प्रश्नमा प्रदेश मन्त्री यादवले भने,‘ वीरगञ्ज सम्पन्न महाधिवेशनबाट पार्टीले नै सदन, सडक र सरकारबाट संघर्ष गर्ने निती अख्तियार गरेकाले संविधान संशोधन नभएको अबस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादबज्यूले बिरोध नगर्ने कुरै छैन ।’

Vianet communication

पार्टीले विरोध गरे पनि २ नम्बर प्रदेश सरकारले सरकारको हैसियतमा त संविधानलाई स्वागत गर्दै दिपावलीको कार्यक्रम त मनाउनु पर्ने बाध्यता सरकारलाई त होला नि भन्ने प्रश्नमा मन्त्री यादबले भने, ‘प्रदेश सरकारले पनि संविधानलाई पूर्णतः स्वीकार नगरेकाले प्रदेश सरकारले पनि संविधानको बिरोध नै गर्छ । दीपावली अरु प्रदेशमा अरु सरकारले मनाउँछ होला, काठमाडौंमा मनाईन्छ होला तर, २ नम्बर प्रदेशमा प्रदेश सरकारले कालो दिबस नै मनाउँछ ।’

त्यसै गरी फोरम नेपालकै अर्को प्रभावाशाली नेता तथा २ नम्बर प्रदेश सरकारका मन्त्री शैलेन्द्र साहले पनि अशोज ३ मा आफ्नो पार्टीले संविधान दिवसको बिरोध गर्ने बताएका छन् । ’हाम्रो पार्टीको ७७ वटै जिल्लामा संगठन छ, पार्टीले सबै जिल्लामा कालो दिबस स्वरूप बिरोधको कार्यक्रम आयोजन गर्नेछ,’ मन्त्री साहले लोकान्तरसँग भने, ‘२ नम्बर प्रदेश सभाको बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई आवश्यकता अनुसार परिमार्जन गर्ने भनेर बताईसकेको भए पनि संविधान संशोधन नगरिएकाले बिरोध गरिनेछ ।’

संघीय सरकारले संविधान दिवस भव्यताका साथ मनाउन परिपत्र जारी गरेको छैन ? भन्ने प्रश्नमा मन्त्री साहले भने, ‘अहिलेसम्म त्यस्तो कुनै निर्देशन आएको छ जस्तो मलाई लाग्दैन, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आएको पनि हुन सक्छ । तर, त्यो परिपत्रलाई प्रदेश सरकारले मान्न बाध्य छैन ।’

‘२ नम्बर प्रदेशमा प्रादेशिक सरकार छ, संघिय सरकारको निर्देशन मान्न यो सरकार बाध्य छैन भन्दै मन्त्री साहले अगाडि भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सोही मन्चमा मुख्यमन्त्री राउत ज्यूले संविधान विभेदकारी रहेको, संशोधन नभएको सार्बजनिक रुपमै अन्तर्राष्ट्रिय मन्चमा समेत भनिसक्नु भएकाले प्रदेश सरकार प्रष्ट छ ।’

भदौ २८ गते २ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकमा संविधान दिवस मनाउ वा नमनाउने भन्ने विषयमा कुनै प्रस्ताव पेश भएको छैन । मन्त्रिपरिषदको बैठकबाट त्यस सन्दर्भमा कुनै औपचारिक निर्णय नभएको मन्त्रिपरिषदको बैठकमा सहभागी भएका राजपा नेपालका एक जना मन्त्री रामनरेश रायले बताए । 

‘संविधान दिवसको दिन प्रदेश सरकारले के गर्ने भन्ने प्रस्ताव नै मन्त्रिपरिषदको बैठकमा गएन,’ राजपाबाट प्रतिनिधित्व गरिरहेका मन्त्री रायले लोकान्तरसँग भने, ‘अहिले अशोज ३ आउन केही समय बाँकी छ, त्यस्तै पर्यो भने मन्त्रिपरिषद्को बैठकबाट नै निर्णय गर्नु पर्ने आवश्यकता भयो भने कालो दिवस मनाउने निर्णय समेत मन्त्रिपरिषद्को बैठक बाट नै गर्न सकिन्छ ।’

संविधानको विरोध गर्न मन्त्रीलाई खटाइयो !

यस अघि नै संविधान दिवसको बिरोध गर्ने निर्णय गरेको राजपाको अध्यक्ष मण्डलको बैठकले सबै प्रदेशमा बिरोध सभाको नेतृत्व गर्न अध्यक्ष मण्डल सहित २ नम्बर प्रदेशका मन्त्रीहरूलाई खटाउने निर्णय गरेको छ । २०७५ साल भदौ २५ देखि २८ गते सम्म बसेको राजपा अध्यक्ष मण्डलको बैठकबाट अध्यक्ष मण्डलका संयोजकदेखि सदस्यहरूलाई बिभिन्न प्रदेशमा बिरोध सभाको नेतृत्व गर्न जिम्मेबारी प्रदान गरिएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई  २ नम्बर प्रदेशको बारा र पर्सा जिल्लामा, सदस्य राजेन्द्र  महतोलाई ५ नम्बर प्रदेशको बाँके र बर्दियामा, सदस्य अनिल कुमार झालाई ७ नम्बर प्रदेशको कंचनपुर र कैलालीमा खटाउने निर्णय गरेको छ ।

त्यसै गरी अर्का सदस्य महेन्द्र राय यादवलाई ५ नम्बर प्रदेशको नवलपरासी, रुपन्देही र कपिलबस्तुमा, सदस्य शरत सिंह भण्डारीलाई १ नम्बर प्रदेशको झापामा, राजकिशोर यादवलाई १ नम्बर प्रदेशको मोरंग र सुनसरीमा खटाउने निर्णय गरिएको छ ।

त्यसै गरी २ नम्बर प्रदेशका राजपाका मन्त्री तथा राज्यमन्त्रीहरूलाई समेत बिरोध सभाको नेतृत्व गर्न जिम्मेबारी दिइएको छ । मन्त्री जितेन्द्र सोनारलाई सप्तरीमा, मन्त्री रामनरेश रायलाई सिरहामा,मन्त्री नवलकिशोर साहलाई धनुषामा, राज्यमन्त्री डिम्पल झालाई महोत्तरीमा, राज्यमन्त्री अभिराम शर्मालाई सर्लाहीमा र राज्यमन्त्री सुरेश मण्डललाई रौतहटमा नेतृत्व गर्न परिचालन गरिएको छ । 

राजपाले देशव्यापी रूपमा जिल्लाका सदरमुकामहरूमा संविधान दिबसको बिरोध गर्दै कालो दिवस मनाउने तथा साँझ ब्ल्याक आउट गर्ने कार्यक्रम तय गरेको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x