सरकार विरोधी पर्चा बाँड्दै हिँडेको भन्दै विप्लवका चार कार्यकर्तामाथि मुद्दा दर्ता

भदौ २९, २०७५

लहान- सिरहाको लहान नगरपालिका–१३ पक्कीटोलबाट पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका चारजना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ । 

सरकार विरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले गत २३ गते पक्राउ गरेको स्थानीय गोविन्द सदाय, अनिता सदाय, ज्ञानुदेवी सदाय र धनुषाका इन्दल साहलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका चारै जनामाथि नयाँ फौजदारी ऐनअन्तर्गत सार्वजनिक सुविधा र नैतिकताविरुद्धको कसुर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 

गाउँमा जबर्जस्ती सरकार विरोधी पर्चा बाँडिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय लहानको टोलीले सोधखोज गर्दा प्रहरीमाथि नै दुव्र्यबहार गरेपछि चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । 


ADVERTISEMENT

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस