×

NMB BANK
NIC ASIA

प्रकाण्ड पक्राउ प्रकरण : अवहेलनाको कारबाही चलाउने भन्दै सरकारलाई सर्वोच्च अदालतको कडा चेतावनी

भदौ २९, २०७५

NTC
Premier Steels

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई रिहा गर्न आदेश जारी गरिएपनि पटक पटक पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले सरकारलाई सेचत गराएको छ । 

Muktinath Bank

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रकाण्डको पक्राउबाट अदालतको अवहेलना भएको भन्दै सरकारलाई कडा चेतावनी समेत दिएकाे छ । प्रकाण्ड पक्राउ प्रकरणमा अदालतले संविधानको धारा १२८(४) बमोजिम अवहेलानासम्बन्धी कारबाही चलाउनसक्ने भन्दै सरकारलाई चेतावनी दिएको हाे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बन्दीप्रत्यक्षीकरणको मुद्दामा ३ पटक थुनामुक्त गर्न आदेश दिँदा पनि पुनः पक्राउ गरिएको भन्दै अदालतले प्रकाण्ड संविधानबाट प्रत्याभूत वैयक्तिक स्वतन्त्रताको हक उपयोग गर्न बञ्चित भएको ठहर गरेको छ । 


Advertisment
Nabil box
Kumari

‘ण्निरन्तर थुनामा राखेको देखिएको परिप्रेक्ष्यमा नेपालको संविधानले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको हकको उपभोग गर्नबाट यी निवेदक बञ्चित हुन गएको विषयमा यो इजलाश संवेदनशील भएको छ,’ न्यायाधीश द्वय सिन्हा र सिंहको इजलाशले शुक्रवार जारी गरेको आदेशमा भनिएको छ, ‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकको प्रचलनको लागि यस अदालतबाट एउथै व्यक्तिको गैर कानूनी थुनाको सम्बन्धमा पटक पटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहिँ यस अदालतको आदेश निस्तेज पार्ने र चल्ने प्रयत्न गरिएको त होइन ? भन्ने आशंकाको आभास समेत हुन गएको छ ।’

Vianet communication

आदेशमा अगाडि भनिएको छ, ‘विधिको शासन भएको लोकतान्त्रिक मुलुकमा यस्तो कार्य कदायी क्षम्य हुन सक्दैन र यस अदालतले गरेको आदेशको मर्यादाको र पालनाको लागि नेपालको संविधानको धारा १२८ (४) को अधिनमा रही अन्य उपयुक्त आदेश समेत जारी गर्नुपर्ने अवस्था आउन सक्दछ ।’

संविधानको धारा १२८ को उपधारा (४) मा सर्वोच्च अदालतको न्यायसम्पादनमा कसैले अवरोध गरेमा वा आदेवा वा फैसलाको अवज्ञा गरेमा कानून बमोजिम अवहेलनाको कारबाही चलाउन सकिने व्यवस्था छ । धारा १२८ को उपधारा (४) मा भनिएको छ, ‘मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालना गर्नु पर्नेछ । सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानून बमोजिम अवहेलनामा कारबाही चलाइ सजाय गर्न सक्नेछ ।’ 

सर्वोच्चले शुक्रवार चाैथाेपटक प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । यद्यपि प्रहरीले उनलाई पुनः पक्राउ गरेको छ । 

पुनः पक्राउ परेका प्रकाण्डलाई उदयपुर पठाइएको प्रहरीले जनाएको छ । उदयपुरमा उनीविरुद्ध आगजनी र विस्फोटनसम्बन्धी मुद्दा दर्ता भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x