×

NMB BANK
NIC ASIA

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताले ५० लाख पाउने

भदौ ३१, २०७५

NTC
Premier Steels

काठमाडौं – चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । 

Muktinath Bank

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु २५ लाख पाउनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौंथोले रु १५ लाख, पाँचौंले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । प्रतियोगितामा फेयर प्ले टोलीले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार दिनेछ भने म्यान अफ दि म्याच घोषित हुने खेलाडीले रु १० हजार प्राप्त गर्नेछन् । लिग अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने मिड फिल्डर, डिफेन्डर, फरवार्ड, गोलकिपर र प्रशिक्षकले एक एक थान मोटरसाइकल पाउनेछन् । तीन विभागीयसहित १४ टोली सहभागी उक्त प्रतियोगिता आगामी असोज १३ गतेदेखि पुस महिनासम्म चल्नेछ । 


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटि) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको लागि क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने एन्फाले जनाएको छ । जसमा चार विदेशी खेलाडी राख्न पाउने छन् ।

Vianet communication

लिग विजेता टोलीले एएफसी एसियन कप फुटबल २०१९ मा सहभागिता जनाउन पाउनेछन् । 

प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर , मिडफिल्डर, गोलकिपर र प्रशिक्षले एक एक थान बाइक पाउनेछन् । यसपटकको लिगमा म्याच फिक्सिङ रोक्न एन्फाले नयाँ कमिटीसमेत गठन गरेको छ भने सिसी क्यामेराको जडानसमेत गरिने एन्फाले जनाएको छ ।

लिग तयारीको लागि एन्फाले क्लबलाई रु २० लाख उपलब्ध गराउने छ । उक्त प्रतियोगिताको लागि रु पाँच करोड ८० लाख खर्च लाग्ने एन्फाले जनाएको छ ।

प्रतियोगिताको खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हल्चोकस्थित सशत्र प्रहरी बलको (एपिएफ ) मैदानमा हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x