×

NMB BANK
NIC ASIA

बाढीपहिरो पीडितलाई राहत वितरण

असोज ६, २०७५

NTC
Premier Steels

म्याग्दी-  नदी कटान र पहिरोका कारण प्रभावित म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलका बासिन्दालाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । बाढी पहिरोका कारण आफन्त र घरबास गुमाएका पीडितलाई शुक्रबार रु एक लाख ८६ हजार नगद राहत वितरण गरिएको हो । 

Muktinath Bank

पहिरोले विद्युत्को पोल ढलाएपछि लत्रिएको तारले करेन्ट लागेर ज्यान गुमाएकी दुवाडीकी मनमाया छन्त्यालका आफन्तलाई रु एक लाख, रघुगङ्गा नदीमा आएको बाढीले कटान गरेर घर बगाएका खरिबोटका चन्द्रबहादुर छन्त्याललाई रु ५० हजार र आंशिक क्षति भएका यामबहादुर छन्त्याललाई रु २० हजार उपलब्ध गराइएको थियो । विस्थापित र आंशिक क्षति पुगेका बाढीपहिरो पीडित आठ घरपरिवारलाई गण्डकी प्रदेशका सांसद विनोद केसीले व्यक्तिगतरुपमा आठ परिवारलाई रु दुई हजारका दरले थप राहत प्रदान गर्नुभएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेपाली काङ्ग्रेसका जिल्ला सचिव मीनबहादुर कार्की, वडाध्यक्ष गमान छन्त्याल, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापा, प्राविधिक राजकुमार शाहीलयायतको टोलीले बाढी, कटान र पहिरो प्रभापवित क्षेत्रको स्थलगत अनुगमन गरी क्षति र थप जोखिमको अवस्थाबारे जानकारी लिएको थियो । गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सात वटा कक्षा कोठा र चार कोठे शौचालय बगाएको थियो । 


Advertisment
Nabil box
Kumari

पहिरोले विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले रितुङ माविको पठनपाठन ठप्प बनेको छ । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन् । समुदायलाई अस्थायी पूर्वाधार तयार पारेर पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको सो टोलीले जग्गा खोजेर नयाँ भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएको थियो ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x