×

NMB BANK
NIC ASIA

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन स्थानमा जान कति भाडा ? (सूचीसहित)

असोज ७, २०७५

NTC
Premier Steels


काठमाडौँ–सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर ;fj{hlgs गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । 

Muktinath Bank

शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम ul/Psf] छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४ तिर्नुपर्नेछ । साविकमा रु १३ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग रु १५ लिँदै आएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म रु १६, छ किलोमिटरसम्म रु १७, आठ किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २१, तेह्र किलोमिटरसम्म रु २३, सोह्र किलोमिटरसम्म रु २५, उन्नाइस किलोमिटरसम्म रु २६ र सोभन्दा माथि रु २७ भाडा कायम भएको छ । 


Advertisment
Nabil box
Kumari

विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर रु १०१ रु पेट्रोलको मूल्य रु ११४ का आधारमा गरिएको जनाएको छ । पेट्रोलियम पदार्थमा रु पाँचभन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ । 

Vianet communication

यस्तै चक्रपथ बाहिर चार किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी दुई रुपैयाँ पाँच पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ । 

तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९५ पैसा भाडा दर र काठमाडौँ–पोखरा र पोखरा नारायणगढ खण्डका लागि प्रतिकिलोमिटर दुई रुपैयाँ नौ पैसा भाडा कायम गरिएको छ । 

यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर रु ३९ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको रु सातलाई बढाएर सात रुपैयाँ ८० पैसा कायम गरिएको छ । 

पर्यटक ट्याक्सीको भाडा रु ४८१ रहेकामा हाल बढाएर रु ५२९ पु¥याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटक ट्याक्सीको हकमा उक्त भाडादर कायम हुनेछ । उक्त दर पाँच किलोमिटरको हकमा मात्रै लागू हुनेछ । सो भन्दा बढी भएमा रु एक हजार १५७ सम्म कायम गरिएको छ । विभागले देशभरका ५०१ गन्तव्यको नयाँ भाडा दर कायम गरेको हो । 

मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा रु २० हजार ७७३, वीरगञ्ज–पोखरा रु १८ हजार ८८३ कायम भएको छ भने काँकडभिट्टा–महेन्द्रनगरको भाडा रु ४५ हजार १८९ कायम गरिएको छ । 

कुन स्थानमा जान कति भाडा ?

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x