×

NMB BANK
NIC ASIA

नेपालले हासिल गरेका उपलब्धि विश्वसामु प्रस्तुत गर्न राष्ट्र संघकाे महासभा उपयुक्त : मन्त्री ज्ञवाली

असोज ८, २०७५

NTC
Premier Steels

न्युयोर्क-  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न, जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र संयुक्त राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको ७३औँ अधिवेशनलाई उपयोग गर्ने उद्देश्य नेपाल सरकारले राखेको बताउनुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुग्नुभएको छ र उहाँको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनुहुन्छ । न्युयोर्कमा पत्रकारसँग मन्त्री ज्ञवालीले उक्त कुरा बताउनुभएको हो । 

उहाँले नेपालमा निकै लामो सङ्घर्षपछि प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको र त्यसलाई कार्यान्वयन गर्न तीन तहको निर्वाचन भएको उल्लेख गनुभयो । उहाँले मुुलुक राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरिरहेको र यस अवस्थामा नेपालले हासिल गरेका उपलब्धि सरकारले विश्वसमक्ष प्रस्तुत गर्न चाहेको धारणा व्यक्त गर्नुभयो । 

मन्त्री ज्ञवालीले नेपालको युगान्तकारी परिवर्तनमा संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय समुदाय सबैको सद्भाव रहेको र नेपाल सरकारले यस उपलब्धिलाई नेपाली जनताको आर्थिक जीवनसँग जोड्न चाहेकामा जोड दिनुभयो । उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा नेपालका मित्रहरूलाई बुझाउने, यसमा पनि उनीहरूको साथ र समर्थन जुटाउने र त्यसलाई प्राप्त गर्न अपिल गर्न संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभालाई उपयोग गर्ने उद्देश्य राखिएको बताउनुभयो । 

संयुक्त राष्ट्र सङ्घकै विषयमा सोधिएको एक प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले यस विश्व संस्थाको भूमिकाकै विषयमा नयाँ सोच र नारा अगाडि सारिएको र यसलाई सबै जनतासँग सम्बन्धित बताउन शान्त, समतापूर्ण र दिगो विकासयुक्त समाज निर्माण गर्न सबैले आफ्नो स्थानबाट काम गरून् भन्ने यस महासभाको नारा भएको उल्लेख गर्नुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घलाई समायनुकूल बनाउनुपर्छ भन्ने विषय नेपालले धेरै अगाडिदेखि उठाउँदै आएकामा जोड दिनुभयो । 

मन्त्री ज्ञवालीले दिगो विकासको योजनाको १२ वर्ष बाँकी रहेको, त्यसलाई प्राप्त गर्न केन्द्रित रूपमा कार्य गर्न नसकिएको र युद्धमा भएका खर्चको निकै सानो भाग मात्र स्वास्थ्य तथा शिक्षामा खर्च हुने गरेको बताउनुभयो । उहाँले महासभाको अधिवेशनबीच विभिन्न मुलुकका सरकार प्रमुखसँग हुने भेटघाट तथा छलफल नेपालको कूटनीतिक सम्बन्ध विस्तार गर्न उपयोगी हुने ठानिएको उल्लेख गर्नुभयो । 

मन्त्री ज्ञवालीले बहुपक्षीयतासम्बन्धी र मानव जातिले भोगेको समस्या समाधान गर्न साझा र समन्वयात्मक प्रयासको खाँचो भएको बताउनुभयो । उहाँले बहुपक्षीयतामाथि विभिन्न प्रश्न उठाइएको, वस्तु, सेवा र आवागमनमा विभिन्न अवरोध सिर्जना हुन थालेको र विश्वव्यापीकरणलाई उल्ट्याउन केही मुलुकले संरक्षणवादी नीति बनाएर लाद्न खोजेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, मानव अधिकार परिषद् र विश्व व्यापार सङ्गठन जस्ता बहुपक्षीय प्रयासलाई कमजोर पार्ने प्रयास भएको उदाहरण दिनुभयो । 

उहाँले हाल संयुक्त राष्ट्र सङ्घको भूमिकामा प्रश्न उठाउन थालिएको र विकासोन्मुख मुलुकलाई विकसित देशले दिएको योगदान कटौती हुँदै गएको बताउनुभयो । उहाँले यी समस्या समाधान गर्न, संयुक्त राष्ट्र सङ्घको भूमिका प्रभावकारी बनाउन र बहुपक्षीयताका कुरालाई बहुपक्षीय, क्षेत्रीय र विश्वव्यापी रूपमा उठाउन नेपालले चाहेको छ भन्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x