×

NMB BANK
NIC ASIA

सरकारको अपरिपक्व काम : अदालतलाई देखाउँदै सडक विस्तारमा ‘विश्राम’

असोज १७, २०७५

NTC
Premier Steels

बुटवल – अदालतलाई देखाएर विकास निर्माणका काम रोक्ने र ढिलासुस्ती गर्ने प्रवृत्ति देशैभर देखिएको छ ।

Muktinath Bank

सरकारले निजी सम्पत्ति जबर्जस्ती हडपेर भौतिक संरचना बनाउन खोज्ने र पीडितले न्याय खोज्दा अदालतले मुआब्जा दिन आदेश दिएपछि अदालतलाई देखाउँदै काम नभएको बहाना झिक्ने सरकारी प्रवृत्तिको शिकार बनेको छ, बुटवल बजारको ६ लेन सडक ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी सम्पत्तिमा सडक वा भौतिक पूर्वाधार बनाउनलाई शुरूमै मुआब्जाका लागि बजेट विनियोजन गर्नुपर्ने भएपनि सरकारी अपरिपक्वताले बुटवल सडक निर्माण कार्य रोकिएको छ । 


Advertisment
Nabil box
Kumari

मुआब्जा नै नदिएर सडक विस्तार गर्न खोजेपछि अदालतले मुआब्जा दिएर मात्रै काम गर्न आदेश दिएको छ । आदेश अनुसार मुआब्जा दिएर विकास निर्माण कार्य अगाडि बढाउन छाडेर सरकार मुद्दामै अल्झिँदा सडक निर्माण कार्य अलपत्र भएको छ ।

Vianet communication

बुटवल बजार क्षेत्रको ४ लेन सडकलाई ६ लेनमा विस्तार गर्ने काम सर्वोच्च अदालतको फैसलाले रोकिएको छ । विगत ४ वर्ष अगाडिदेखि विस्तार गर्ने तयारी थलिएपनि गत वर्षदेखि काम शुरू भएको थियो ।

गत बैशाख १२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले परमादेश जारी गरेपछि सडक विस्तार कार्य रोकिएको थियो । सडकको क्षेत्राधिकारभित्र पर्ने घरधनीले आफूहरूका घर नभत्काउन भन्दै दिएको निवेदनको आधारमा बुटवल इजलासले जग्गा प्राप्त गर्ने कार्य सम्पन्न गरेर मात्र सडक विस्तार गर्न परमादेश दिएको थियो ।

परमादेश पुनरावलोकनको माग गर्दै व्यापारिक मार्ग विस्तार आयोजनाले सर्वोच्च अदालतमा रिट निवेदन पेश गर्यो । रिट निवेदनको सर्वोच्च अदालतले पनि उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको परमादेश सदर गरेपछि सडकभित्र पर्ने भौतिक संरचना भत्काउन अनिश्चिता भएको हो । काम शुरू भएको ३ महिनापछि सर्वोच्चले परमादेश दिएपछि बजार क्षेत्र अस्तव्यस्त जस्तै भएको छ ।

सडक विस्तारको मुद्दामा सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उच्च अदालतकै परमादेशलाई सदर गरेको थियो । यो सडक राजमार्ग चौराहादेखि चिडियाखोलासम्म ३.७ किलोमिटर छ । व्यापारिक मार्ग आयोजनका इन्जिनियर गोविन्द श्रेष्ठले सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि आफूहरू निवेदन पेश गर्ने तयारीमा जुटेको बताए ।

उनले भने, ‘अदालतले उचित मुआब्जा दिएर मात्र सडक विस्तार गर्ने आशयको फैसला गरेको छ । सडकको जग्गामा मिचेर बनाएका घरको मुआब्जा दिन सकिँदैन । केही भौतिक संरचना भत्काउन अन्योल भएपनि अन्य नाली विस्तार पुल निर्माणका कामहरू भने भइरहेको छ ।’  

सडक विस्तारका लागि ३ सय ७ वटा घरधुरी भत्काउनुपर्ने अवस्थामा छन् । झण्डै ८० वटा घर भने घरधनीले आफै भत्काएका छन् । आफ्नो घर आफै भत्काउन थालेका घरधनी पनि अलमलमा परेका छन् । 

आयोजनाले २०३४ भन्दा अगाडि बनेका घरको मात्र मुआब्जा दिने बताएको छ । ७५ फिटमा ५ वर्ष अगाडि बनेको सडकलाई २०७३ सालमा मात्र सडक डिभिजन कार्यालयले ८२ फिट कायम गर्नका लागि अधिकार पाएको हो । 

सडक विस्तारबाट प्रभावितमध्ये बुटवलका चोपनारायण श्रेष्ठसहित ३८ जनाले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सडक कार्यालयले कानूनी प्रक्रिया पूरा नगरी घर भत्काउन लागेको भन्दै रिट दायर गरेका थिए । उच्च अदालत तुलसीपुर दाङको बुटवल इजलासले सडक ऐन अनुसार जग्गा प्राप्त गरेर मात्रै विस्तारको काम अगाडि बढाउन परमादेश जारी गरेपछि घर भत्काउने काम रोकिएको थियो ।

आयोजनाले यसअघि नै केही घरमा डोजर चलाएर भत्काएको थियो । सडक निर्माणको ठेक्का कञ्चनजंघा–बिरुवा जेभी प्रालि काठमाडौंले पाएको छ । २०७४ चैत महिनामा सडक निर्माणको लागि ठेक्का सम्झौता भएपनि अदालतमै अल्झिँदा डेढ वर्षसम्म काम शुरू हुन सकेको छैन ।

यसमा दुई लेयरको पिच थपिने छ । दायाँबायाँ सर्भिस लेन र फुटपाथ बनाइने योजनामा छ । बुटवल–बेलहिया व्यापारिक मार्ग नामाकरण गरिएको बुटवल–भैरहवा–बेलहिया सडकको गुणस्तर एकै किसिमको बनाउन हालको ४ लेन सडकको मुख्य लेनमा पिच थपिने र दायाँबायाँ सर्भिसलेन र फुटपाथ निर्माण गरी व्यापारिक मार्गको रुपमा स्तरोन्नती गरिने आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले बताए ।

बुटवलदेखि बेलहियासम्मको २७ किलोमिटर सडकमध्ये हालसम्म २२ किलोमिटर सडक निर्माण सकिएको छ । दशैंसम्म बुटवल–बेलहिया सडक निर्माण सम्पन्न गर्ने आयोजनाले बताउँदै आएपनि माघसम्म मात्र सकिने देखिन्छ । अहिले बन्न बाँकी क्षेत्रमा धमाधम काम भइरहेको आयोजनाको भनाइ छ ।

शुरूमा ३ अर्ब ५० करोड लागत स्टिमेट गरिएको आयोजनाको समय लम्बिँदा लागत खर्च बढेर ५ अर्ब ८६ करोड पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x