दुर्घटनामा परेर २ जनाको मृत्यु

असोज २५, २०७५

धनगढी – कैलालको गोदावरी नगरपालिकामा बिहीवार बस र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरि ओलीका अनुसार गोदावरी नगरपालिका–१ वनखेत नजिकै बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT

मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ का २८ वर्षीय हेमन्त साउँद र २६ वर्षका विक्रम खड्का रहेका छन् ।

टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको ना५ख ८०४९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको से५प ७५३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

असोज २५, २०७५ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस