×

NMB BANK
NIC ASIA

श्रीलंकाको संसदमा सांसदहरूले गरे कुटाकुट

कात्तिक २९, २०७५

NTC
Premier Steels

काठमाडौं — श्रीलंकाको संसदमा विरोधी सांसदहरूले कुटाकुट गरेका छन् । प्रधानमन्त्री महिन्दा राजपक्षेले अविश्वासको मतमार्फत आफूलाई हटाउने अधिकार सभामुखसँग नभएको दाबी गरेपछि कुटाकुट भएको हो । 

राजपक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित भएको एक दिनपछि यो कुटाकुट भएको हो । 

संसद् बैठक बसेपछि सभामुख कारु जयसूर्याले देशमा सरकार नभएको र प्रधानमन्त्री पनि नभएको बताए । राजपक्षे र उनका प्रतिस्पर्धी रनिल विक्रमसिंघेले यो संकटको शुरूआत नगरेको उनले बताए । 

राजपक्षेले यसलाई अस्वीकार गर्दै मतदान गराउनुपर्थ्यो भने । 

‘यस्ता महत्त्वपूर्ण प्रस्तावहरू ध्वनि मतले पारित गर्न हुँदैन,’ उनले भने । 

प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूलाई हटाउन वा नियुक्त गर्ने अधिकार सभामुखसँग नभएको राजपक्षेले बताए । 

जयसूर्या पक्षपाती भएको र आफ्नो दलको विचार प्रतिनिधित्व गरिरहेको उनले आरोप लगाए । जयसूर्या युनाइटेड नेसनल पार्टीका सांसद हुन् र त्यो दलमा बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिंघेको नेतृत्व छ । 

राजपक्षे ताजा चुनाव गराएमा अहिलेको संकट समाधान हुने मान्यता राख्छन् । 

राजपक्षेको बयानमा मतदानका लागि विपक्षीले माग राखेपछि झगडा शुरू भएको हो । 

केही पुरुष सांसदहरूले एकअर्काको हात समातेका थिए भने अरूले हेरेका थिए । 

राजपक्षेलाई समर्थन गर्नेहरू संसद बैठककोठाको बीचमा भेला भएका थिए भने केही अन्य चाहिँ सभामुखको व्यवहारको निन्दा गर्दै उनीतर्फ दौडिएका थिए । 

तीन दर्जनभन्दा बढी राजनीतिकर्मीले झगडा गरेका थिए । भुइँमा लडेका सांसदलाई विरोधीहरूले लात्ती हानेका थिए । 

राजपक्षेसमर्थक सांसदहरूले पानीको बोतल, किताब र फोहर फाल्ने भाँडो सभामुखतर्फ फ्याँकेका थिए । 

आधी घन्टासम्म मच्चिएको हंगामाका बेलामा विपक्षी सांसदहरूले सभामुख जयसूर्यालाई जोगाउने प्रयास गरेका थिए ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x