×

NMB BANK
NIC ASIA

शान्ति सम्झौताको १२ वर्ष– अझै घटेन द्वन्द्वको पीडा

काठमाडाैं | मंसिर ५, २०७५

NTC
Premier Steels

गीता थापा

Muktinath Bank

सुर्खेत– तत्कालिन विद्रोही नेकपा माओवादी र सरकारबीच वृहत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५२ फागनु १ गते देखि शसस्त्र संघर्ष शुरु गरेको माओवादी र सरकारबीच २०६३ मंसिर पाँचमा विस्तृत शान्ति सम्झौतामा हस्तारक्षर गरेसँगै १० वर्षे युद्ध अन्त्य भएको थियो । 


Advertisment
Nabil box
Kumari

तत्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालिन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरसँगै सशस्त्र युद्ध समाप्त भएको थियो । 

Vianet communication

शान्ति सम्झौताको भाग ५.२को स्थिति सामान्यीकरणका उपायहरु शीर्षकको तेस्रो बुँदामा दुवै पक्षद्वारा वेपत्ता पारिएका व्यक्तिहरुको तथा युद्धको समयमा मारिएकाहरुको वास्तविक नाम, थर र घरको ठेगामा सम्झौता भएको मितिले ६० दिनभित्र सूचनाहरु सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलव्ध गराउन मञ्जुर गर्दछन् भनिएको थियो ।

त्यस्तै अर्को बुँदामा दुबै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विष्म परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गराउन तथा युद्धबाट पीडित र विस्थापित व्यक्तिहरुको लागि राहत कार्य र पुनस्र्थापना गराउन राष्ट्रिय शान्ति तथा पुनस्र्थापन आयोग गठन गर्न र त्यसमार्फत पुनस्र्थापन गराउन राष्ट्रिय शान्ति तथा पुनस्र्थापन आयोग गठन गर्ने र त्यसमार्फत यससम्बन्धी काम अगाडि बढाउन सहमत छन् भनिएको छ । 

तर तत्कालिन माओवादी र सरकाबाट पीडित भएका पक्षले अझै न्याय पाउन सकिरहेका छैनन् भने द्वन्द्वका बेला बेपत्ता भएका भएको कतिपयको अवस्था अझै सार्वजनिक हुन नसक्दा शान्ति प्रक्रियाले निष्कर्ष पाइसकेको छैन । 

दुई प्रसंग

सशस्त्र द्वन्द्वका बेला सुर्खेत पोखरीकाँडाकी कल्पना बिसीलाई माओवादीको आरोपमा सेनाले गोली हान्यो । घरबाट सामान लिन बजार निस्केकी उनले बित्थामा ज्यान गुमाउनुप¥यो । दोषीलाई कारवाही गराउने परिवारको प्रयास असफल भयो । हालसम्म उनको परिवारले पाउनुपर्ने राहत पनि पाएको छैन । सरकारले द्वन्द्वपीडितलाई दिने भनेको राहत पीडित परिवारले हालसम्म पाउन सकेका छैनन् ।

द्वन्द्वमा मारिएकी कल्पनाका बाबु जयलाल बिसी हिजोआज राहतका लागि सदरमुकाम धाउन समेत छोडेका छन् । शुरूमा राहतको आशामा जिल्ला प्रशासन र स्थानीय शान्ति समितिको कार्यालयमा धाएका उनी अहिले निराश छन् । उनी भन्छन्, ‘न न्याय पाएँ, न राज्यले दिने भनेको राहत नै पाएका छौं । राहतको आशामा बसेको पनि ११ वर्ष वित्यो, अब त आश पनि मरिसक्यो ।’ 

मुलुक शान्ति प्रक्रियामा आएको ११ वर्ष बित्दासमेत आफूहरूले राहत पाउन नसकेको उनको दुखेसो छ । सरकारले राहतको आश देखाएर आफूहरुलाई अलमल्याउन खोजेको भन्दै उनले यसबाट पीडामात्र थपिएको बताए ।

राज्यपक्षबाट मारिएकी कल्पनाको परिवारले मात्र होइन, जिल्लामा द्वन्द्वमा ज्यान गुमाएका, घाइते भएका, अपहरण तथा बेपत्ता पारिएकाहरूले शान्तिसम्झौता भएको एक दशक बित्दा पनि राहत महसूस गर्न पाएका छैनन् । आफन्त गुमाएका तथा घाइते भएकाहरूले राहतका लागि स्थानीय शान्ति समिति र स्थानीय प्रशासनमार्फत सरकारलाई निवेदन दिएका छन् । तर सबैले राहत भने पाउन सकेका छैनन् । 

त्यस्तै, बाबियाचौर–२ सुर्खेतकी जमुना रावलको आँखामा १२ वर्षअघिको त्यो घटना अझै पनि झलझली आइरहन्छ । २०६१ साल वैशाख २२ गतेको दिन उनका लागि कालो दिन नै बनेर आयो । घटना भएको एक दशक बितिसक्दा पनि जमुनाको आँखा ओभाउन पाएका छैनन् ।

जमुनाका श्रीमानलाई तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले नेकपा एमालेको प्रतिनिधि भन्दै कुटपिट गरे । घर नै जफत गरिदिए । निर्घात कुटिएका उनको उपचारका क्रममा मृत्यु भयो । जमुना आँखाभरि आँसु पार्दै भन्छिन्, ‘माओवादीले मेरो श्रीमानलाई एमालेमा लाग्यो भन्दै कुटपिट गरे, म¥यो भनेर छोडेपछि उपचारको क्रममा भारतमा उहाँको मृत्यु भयो ।’

‘माओवादीले कुटीकुटी श्रीमानलाई मारे,’ उनले आँसु पुछ्दै भनिन्, ‘श्रीमानको मृत्युपछि त जिन्दगी अँध्यारो झैं भयो ।’ घरको कमाउने मुख्य व्यक्तिको माओवादीले हत्या गरिदिएपछि जमुनाको जीवनमा दुःखका दिनहरू शुरू भए । छोराछोरीको पढाइ खर्चदेखि घरव्यवहार सबै जमुनाले नै धान्नुप¥यो ।

उनले भनिन्, ‘श्रीमानको हत्या गरिदिए, घर पनि जफत गरिदिए । कति दिन त भोकै पनि बस्यौं ।’

सरकारले द्वन्द्वका बेला मारिएका, बेपत्ता पारिएका परिवारलाई दश लाख रुपैयाँ दिने निर्णय गरेपनि जमुनाले भने तीन लाख मात्र राहत पाएको बताउँछिन् । उनले भनिन्, ‘खै, सरकारले दश लाख दिने भनेको छ तर तीन लाख मात्र पायौं, अरू त कहिले हो दिने,’ उनले थपिन्, ‘हामीलाई अब न्याय त कसले दिन्थे र ? बरू हामीले पाउने राहत समयमा नै दिए हुन्थ्यो ।’

जयलाल र जमुना जस्तै बाबियाचौर–२ की हरिकला तारामीको पनि व्यथा उस्तै छ । आजभन्दा १५ वर्षअघि माओवादीले दिएको यातना उनले अझै भुल्न सकेकी छैनन् ।

२०५८ सालमा उनी सामुदायिक वनको अध्यक्ष भएको र माओवादीको प्रमुख नभएको भन्दै यातना दिइएको थियो । उनले भनिन्, ‘माओवादीमा प्रवेश नगरेको भन्दै मेरो घर नै जफत गरिदिए, ६ महिना भारतमा गएर बसें ।’

अहिलेसम्म आफूले राहत नपाएको उनले गुनासो पोखिन् । उनी भन्छिन्, ‘टाठाबाठाले त राहत पाए तर मेरो त प्रशासनमा नाम निस्किएको भएपनि राहत पाएको छैन ।’

मुलुक शान्ति प्रक्रियामा आएकै दश वर्ष बितिसक्दा पनि सबै द्वन्द्वपीडितहरूले राहत पाउन सकेका छैनन् । द्वन्द्वमा परेर मृत्यु भएका, घाइते भएका, अपहरण तथा बेपत्ता पारिएकाहरूले शान्ति सम्झौतापछि पनि राहतको महसूस गर्न पाएका छैनन् । आफन्त गुमाएका तथा घाइते भएकाहरूले राहतका लागि स्थानीय शान्ति समिति र स्थानीय प्रशासनमार्फत सरकारलाई निवेदन दिएका छन् । तर शान्ति सम्झौता भएको एघार वर्ष बितिसक्दा पनि सुर्खेतका एक हजार भन्दा धेरैले राहत पाउन सकेका छैनन् । 

द्वन्द्वपीडितहरूले स्थानीय शान्ति समितिमा निवेदन त दिए तर राहत भने सबैले पाउन सकेनन् । शान्ति सम्झौता भएको वर्षौं बितिसक्यो तर द्वन्द्वपीडित भने राहतको आशामा नै बसिरहेका छन् । अब त द्वन्द्वपीडितलाई न्यायभन्दा पनि छिटो आफूले पाउने राहत पाइदिएको भए हुन्थ्यो जस्तो लाग्ने गर्छ ।

स्थानीय शान्ति समिति सुर्खेतमा चार हजार दुई सय २६ जनाले राहतको लागि निवेदन दिएका थिए । तीमध्येबाट स्थानीय शान्ति समितिले मन्त्रालयमा दुई हजार चार सय ७६ जनाको मात्र सिफारिश पठाएको थियो ।

सिफारिश भएकामध्ये मन्त्रालयले दुई हजार तीन सय १८ जनालाई कार्यदल लगतमा छनौट गरेर पठाए पनि सबै द्वन्द्वपीडितहरूले राहत पाउन सकेनन् ।

समितिका अनुसार हालसम्म दुई सय ८६ जना मृतक, व्यक्तिगत सम्पत्तिको क्षतिका लागि एक सय ७०, अङ्गभङ्ग भएका व्यक्ति एक सय २३, घाइते सात र अपहरण भएका ४५ जनाले मात्र राहत पाएका छन् । एक हजार पाँच सय तीन जनाले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले शान्ति समितिमा आएका निवेदन मध्ये २१ प्रतिशतले मात्र राहत पाएको बताए । उनले सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता आयोगमा पछिल्लोपटक दिएको ‘निवेदनबाट लगतमा परेकाहरूले मात्र राहत पाउने बताए । पहिला लगतमा जो परे उनीहरूले राहत पाइसके, उनले भने, ‘छुटेकाहरूले अब फेरि छानबिन भएरपछि मात्र राहत पाउँछन् ।’

उनले भने, ‘मन्त्रालयले कार्यदल लगतमा द्वन्द्वपीडितहरूको नामावली पठाएपनि राहतको लागि रकम नआएकोले राहत दिन नसकिएको हो ।’

त्यस्तै, सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वपीडितहरूका लागि नयाँ आवेदन खुला गरेकोमा एक हजार सात सय ७४ जनाले राहतका लागि निवेदन दिएका थिए ।

शान्ति सम्झौता भएको यत्तिका वर्ष भइसक्दा पनि पीडितले न्याय त परको कुरा शान्तिको महसूससम्म गर्न पाइरहेका छैनन आफन्त गुमाएका, घाइते भएका र अपहरण परेका पीडितहरू अझैसम्म राहतको आशामा बस्नु दुःखलाग्दो स्थिति हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x