×

NMB BANK
NIC ASIA

अख्तियारी बिना नै विदेशी लाइसेन्सको नेपालीकरण, अनियमितता गर्ने कर्मचारी निलम्बित

मंसिर १८, २०७५

NTC
Premier Steels

बुटवल – यातायात व्यवस्था कार्यालय लुम्बिनीले विदेशी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नेपालीकरण गरेर अनियमितता गरेको पाइएको छ ।

Muktinath Bank

मन्त्रालय वा यातायात व्यवस्था विभागको केन्द्रीय कार्यालयको परिपत्र र अनुमति बिना नै बुटवलस्थित कार्यालयले अन्तर्राष्ट्रिय लाइसेन्स नेपालीकरण गरेको पाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयले गत भदौदेखि असोजसम्म कुनै अख्तियारी, अनुमति र सूचना बिना नै विदेशी लाइसेन्स नेपालीकरण गरेको थियो । यस्तो विषयमा स्वयम् सेवाग्राहीलाई पनि कुनै जानकारी नभएको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

केही व्यक्ति र केही अधिकारीको मिलेमतो भएर यस्तो भएको गुनासो छ । आन्तरिक रुपमा विदेशी लाइसेन्स नेपालीकरण गर्दा मिलेमतो भएको बताइएको छ । यसरी १९ वटा लाइसेन्स नेपालीकरण गरिएको कार्यालयका निमित्त प्रमुख विपिन क्षेत्रीले जानकारी दिए । 

Vianet communication

कार्यालयका पूर्वप्रमुख चेतनारायण यादवको कार्यकालमा कार्यालयमार्फत् लाइसेन्स नेपालीकरणको ‘सेवा’ सुचारु भएको बताइएको छ । उनी हाल अनियमितता गरेको आरोपमा निलम्बनमा छन् ।

यादवको निलम्बनसँगै नेपालीकरण सेवा ठप्प भएको थियो । यसभन्दा अगाडि यस कार्यालयबाट विदेशी लाइसेन्सको नेपालीकरण हुने व्यवस्था थिएन । 

‘बिना सूचना १ महिना अवधिभरमा जम्मा १९ वटा विदेशी लाइसेन्स नेपालीकरण गर्दा आर्थिक चलखेल भएको छ,’ एक जना कर्मचारी भन्छन्, ‘मनपरी गर्ने कोही अरु हुन्छ । तर दोष सबैलाई जान्छ ।’

सैनामैना–१ बस्ने दिनेश पुनले गत भदौमा दुवईको सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गर्दा १ महिना काठमाडौं बस्नुपरेको थियो । उनले बुटवलस्थित कार्यालयमा आउँदा लाइसेन्सको नेपालीकरण नहुने भन्ने जानकारी पाएपछि काठमाडौं गएर नेपालीकरण गर्नुपरेको बताए । 

‘म कार्यालयमा आएर जानकारी लिँदा नेपालीकरण नहुने भन्ने थाहा पाएपछि काठमाडौंतिर लागेको हुँ,’ पुनले भने, ‘त्यहाँ निकै खर्च भयो, बुटवलबाट भइरहेको रहेछ मलाई त थाहै भएन । नत्र काठमाडौं जाने झमेला गर्ने थिएन ।’

यातायात व्यवस्था विभागले गत साउनमा विदेशमा बनाइएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नेपालीकरण गर्ने क्रममा अनियमितता भएको भन्दै बन्द गर्न निर्देशन दिएसँगै उपत्यका लगायत विराटनगर तथा विरगञ्जमा विदेशी नागरिकता नेपालीकरण सेवा बन्द गरिएको थियो । 

यद्यपि यातायात व्यवस्था कार्यालय बुटवलले भने असोजसम्म पनि नेपालीकरणलाई जारी राखेको थियो । नेपालीकरण गरिएका अधिकांश लाइसेन्स भारतीय सेनामा भर्ती भएका नेपालीको भएको कार्यालयका प्रशासन फाँटका हिरालाल तामाङले बताए । उनले सबै प्रक्रिया पुर्याएर मात्र ती लाइसेन्सलाई नेपालीकरण गरिएको दावीसमेत गए ।  

कसरी हुन्छ लाइसेन्स नेपालीकरण ?

विदेशमै लाइसेन्स बनाएका तथा क्याटोगरी (वर्ग) थपेकाले नेपालमा आएर पुनः सवारी चलाउनुपरेमा भने यहाँकै लाइसेन्स जरुरी हुन्छ । लाइसेन्स नेपालीकरण गर्न चाहनेले लाइसेन्स जारी भएको मुलुकको नेपालस्थित राजदूतावासबाट लाइसेन्स प्रमाणीकरण गरेको कागज बनाउनुपर्दछ ।

भिसा लागेको पासपोर्ट र स्मार्टकार्ड (लाइसेन्स) को सक्कल प्रतिलिपि, फोटो र हुलाक टिकटसहित सवारी चालक अनुमतिपत्र कार्यालयको प्रशासन शाखामा बुझाउनुपर्दछ । त्यहाँबाट कागजपत्र सदर भएपछि नयाँ स्मार्ट कार्डको लागि अर्को शाखामा फोटोको कार्य गरिन्छ ।

व्यक्ति स्वस्थ रहे नरहेको वा ड्राइभिङका लागि शारीरिक योग्य भए नभएको सामान्य स्वास्थ्य परीक्षण गरेपछि मात्रै लाइसेन्सका लागि स्वीकृत गरिन्छ । 

यी परीक्षण पास भइसकेपछि ‘इन्ट्रान्स फि’ बुझाउनुपर्दछ । रेग्मीका अनुसार एउटा क्याटोगरीको इन्ट्रान्स फि ५ सय रुपैयाँ तोकिएको छ । फि बुझाएपछि स्मार्ट कार्डको छुट्टै राजस्व तिर्नुपर्छ । जसमा क्याटोगोरी ‘ए’को १५ सय, ‘बी’ को २ हजार, ‘एफ’ को २५ सय र ‘जी’ को ३ हजार रुपैयाँ तोकिएको छ । राजस्व भुक्तानी भइसकेपछि लाइसेन्स नम्बर जारी हुन्छ । लाइसेन्स नम्बर जारी भएपछि नम्बर सहितको रसिद तपाईंलाई थमाइन्छ र लाइसेन्स लिन जाने मिति पनि तोकिन्छ ।

विदेशमा लाइसेन्स बनाएकाले नेपालमा ट्रायल दिइराख्नु पर्दैन । विदेशी नागरिकको हकमा विदेशको पासपोर्ट र सोमा लागेको गैरपर्यटकीय भिसाको सक्कल र प्रतिलिपि दुवै, गैरआवासीय नेपालीको हकमा निजको पासपोर्ट, भिसा र नेपाल सरकार तथा आधिकारिक निकायबाट स्वीकृत गरिएको गैरआवासीय नेपाली परिचयपत्र पनि चाहिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x