तीन पोष्टरमा ‘जानी नजानी’

मंसिर १८, २०७५

काठमाडौं – चैत १ गते रिलिज मिति तोकेको चलचित्र ‘जानी नजानी’को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । निरिशा पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी हुन । उनि यसै चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दैछिन्् । 
चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको समेत अभिनय छ । सामीप्यराज तिमिल्सेनाको कथा रहेको चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन । उनको यो डेब्यु निर्देशन हो ।


ADVERTISEMENT

चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रलाई संजय लामाले छायाँकन गरेका हुन । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्तामा यस अगाडि ‘डा. खाते’ बनाएकी रोशनी केसी छिन् । चलचित्रमा मोदनाथ खनाल र सागरकाजी मालीको लगानी छ ।

मंसिर १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस