×

NMB BANK
NIC ASIA

गूगलमा इडियट शब्द किन व्यापक सर्च गरिँदैछ ?

मंसिर २७, २०७५

NTC
Premier Steels

काठमाडौं — इन्टरनेट सर्च इन्जिन गूगलमा अचानक अंग्रेजी शब्द इडियट शब्द खोज्न थालिएको छ । गूगलमा यो शब्द खोज्दा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको तस्वीर आउने खबर आएपछि सर्च बढेको हो । 

यो सर्चका विषयमा गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइलाई अमेरिकी सांसदहरूले सोधखोज गरे । 

पिचाइलाई गूगलको राजनीतिक पक्षपातको यो उदाहरण भएको बताइएपछि उनले त्यसलाई अस्वीकार गरे । 

गूगल ट्रेन्डमा इडियट शब्द अमेरिकामा सबभन्दा बढी खोजिने शब्द हो । 

संसदीय सुनुवाइमा रिपब्लिकन सांसद जो लोफग्रेनले पिचाइलाई इडियट शब्द टाइप गर्दा किन ट्रम्पको फोटो देखिएको हो भनी प्रश्न गरे । 

यसमा पिचाइको जवाफ थियो, ‘गूगलको सर्च रिजल्ट अर्बौं कीवर्डको आधारमा आउँछन् जसलाई दुईसयभन्दा बढी कारणको आधारमा श्रेणीविभाजन गरिन्छ । त्यसमा प्रासंगिकता र लोकप्रियताको कसी पनि पर्छ ।’

उनको उत्तर सुनेर सांसद लोफग्रेनले भने, ‘यसको अर्थ कुनै सानो मान्छेले पर्दापछाडि बसेर प्रयोगकर्तालाई के परिणाम देखाउने भनी निर्धारण गर्छ ?’

अर्का एक सांसदले रिपब्लिकन पार्टीको हेल्थ केयर बिलको खबर खोज्दा नकारात्मक खबर मात्र किन देखाइएको हो भनी सोधे । 

पिचाइले गूगल शब्द खोज्दा पनि पहिला नकारात्मक खबर नै आउने जवाफ दिए । 

इडियट शब्द र राष्ट्रपति ट्रम्पको तस्वीरको सम्बन्ध केही महिनाअघि आएको थियो । त्यतिखेर केही मानिसले बेलायत भ्रमणका क्रममा ट्रम्पको विरोध गरेको थिए । बेलायती प्रदर्शनकारीहरूले अमेरिकन इडियट नामक एक
गीतलाई बेलायतको म्युजिक चार्टमा शीर्ष स्थानमा पु–याइदिएका थिए । 

त्यसपछि रेड्डिट वेबसाइटमा प्रयोगकर्ताहरूले ट्रम्पको छेउमा इडियट शब्द लेखेको लेखहरूको बाढी नै ल्याएका थिए । 

वेबसाइटको इन्जिन डेटाबेसलाई प्रभावित पार्ने प्रयास थियो यो । त्यसलाई गूगल बम्बिङ भनिन्छ । 

संसदीय सुनुवाइका बेलामा सांसदहरू प्रविधिको संसारका बारेमा धेरै जानकारी राख्ने नगरेको थाह हुन आयो ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x