×

NMB BANK
NIC ASIA

काठमाडौं –कांग्रेस महासमिति बैठक बुधवार साँझ ६ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्ने भएको छ । मंसिर २८ गतेदेखि पुष ३ गते (आज)सम्म चल्ने भनिएको महासमिति बैठक विधान संशोधनमा सहमति नभएपछि थप तीन दिन लम्बिने स्रोतले जनाएको छ ।

Muktinath Bank

पाँच दिनका लागि भाडामा लिइएको रामशाहपथस्थित एक पार्टी प्यालेसमा भोलि ‘फाइनान्स कम्पनी’हरूको संयुक्त बैठकको कार्यक्रम रहेको पार्टी प्यालेस व्यवस्थापनले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँहरूले जम्मा ५ दिनका लागि बुकिङ गर्नुभएको थियो, भोलि हाम्रो अर्कैको बुकिङ छ, त्यही कारणले कांग्रेसको महासमिति बैठक आजै बेलुका सम्भवतः ६ बजेपछि अन्तै सार्नुपरेको हो,’ पार्टी प्यालेस व्यवस्थापनले लोकान्तरसँग भन्यो । 


Advertisment
Nabil box
Kumari

महासमिति बैठक लम्बिने सम्भावना देखिएपछि कांग्रेसको पार्टी कार्यालय सानेपा परिसरमा पाल टाँगेर बैठकस्थल बनाउने तयारी भइरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘बैठक थप तीन दिनसम्म लम्बिन सक्ने सम्भावना देखिन्छ, ४ गतेदेखि हामी आफ्नै पार्टी कार्यालयमा सर्छौं,’ शर्माले भने ।

Vianet communication

कांग्रेसले संविधानको संघीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले हालको विधानअनुसारको पदाधिकारीको व्यवस्था र १४१ सदस्यीय केन्द्रीय समिति रहने फरक मतसहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरेको थियो । 

उक्त प्रतिवदेनको पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको व्यवस्थाका सम्बन्धमा केन्द्रीय समितिमा सहमति हुन नसकेर लामो समय खेर गएको थियो ।

मंगलबार राति अबेर भएको छलफलमा पदाधिकारीको विषयमा सहमति भएको भनिएपनि उक्त सहमतिलाई समेटेर नयाँ विधान ड्राफ्ट गर्ने र महासमितिमा छलफलमा लैजाने काम बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x