×

NMB BANK
NIC ASIA

भौतिक संरचना निर्माणमा विज्ञ समितिको सिफारिस लत्याउँदै महानगर, सदस्यको तीव्र असन्तुष्टि

माघ ३, २०७५

NTC
Premier Steels

पोखरा – पोखरा महानगरपालिकाले सडक र घरको भौतिक संरचना निर्माण गर्दा नदी र खोलाबाट हुनुपर्ने दूरी निर्धारणबारे नयाँ मापदण्डप्रति विज्ञ समिति सदस्यले नै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

Muktinath Bank

खोला र नदी किनारबाट रहनुपर्ने संरचनाको दूरी सम्बन्धी मापदण्डमा विज्ञ समितिका सदस्यको बढी चासो र चिन्ता छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालीन डीन भरत पहारीको संयोजकत्वमा गठित विज्ञ समितिले महानगरलाई प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा सेती नदीबाट ५० मिटरको दूरीसम्म घर र सडक बनाउन नपाउने मापदण्ड बनाइएको थियो । तर महानगरले विज्ञको प्रतिवेदनलाई लत्याउँदै संशोधनसहित नयाँ मापदण्ड कायम गरेको छ । जसमा सेती नदीबाट ५ देखि ३० मिटरसम्म दूरी रहनुपर्ने मापदण्ड कायम गरिएको छ ।


Advertisment
Nabil box
Kumari

महानगरले बनाएको नयाँ मापदण्ड विज्ञ समूहको सिफारिसविपरीत रहेको विज्ञ समिति सदस्यसमेत रहेका भूगोलविद् डा. कृष्ण केसीले बताए । उनले भने, ‘मापदण्ड समितिले सेतीको मापदण्ड ५० मिटर राखेको छ । तर हाल सघन बस्ती भएका ठाउँमा केही लचक बन्ने हाम्रो प्रस्ताव थियो । अहिले भइरहेका घर नभत्काउने र नयाँ घर बनाउँदा ५० मिटर कायम गराउने सुझाव दिएका हौं । तर फरक आएछ । अन्तिम मापदण्ड तयार गर्दा विज्ञ समूहसँग समन्वय नै भएन ।’

Vianet communication

महानगरले आफूखुशी निर्णय गर्ने भए विज्ञ समिति किन गठन गरेको भन्दै उनले तीव्र असन्तुष्टि व्यक्त गरे । नयाँ मापदण्डले केहीलाई फाइदा पुग्ने भएपनि जोखिम र पोखराको दीर्घकालीन भविष्य चुनौतिपूर्ण हुने उनको जिकिर छ ।

महानगरका मेयर मानबहादुर जिसीले उपत्यका नगर विकास समितिको २०६१ सालको निर्णय र शहरी विकास मन्त्रालयको २०७३ सालको सिफारिस आधारमा सेती नदीको मापदण्ड तय गरिएको बताए । 

नयाँ मापदण्डमा पोखराको नारायणस्थान पुलदेखि महेन्द्र पुल हुँदै राममन्दिर तुलसीघाटसम्म ५ मिटर दूरी रहनुपर्ने मापदण्ड कायम छ । जौवारी बाँधदेखि केआईसिंह पुलसम्म १० मिटर मापदण्ड छ । बस्ती नभएको कालीखोलाको साँधदेखि नारायणस्थानसम्म २५ मिटर र अन्य ठाउँमा ३० मिटर दूरी रहनुपर्ने मापदण्ड कायम गरिएको छ । सेतीभन्दा निकै साना खोलाहरू फिर्के र बुलौदीमा सबैतिर एकैप्रकारको मापदण्ड छ ।

पृथ्वीचोकदेखि विजयपुरसम्म सडकका लागि सर्वोच्च अदालतले निर्णय गरेअनुसार ७५ मिटर सडकको राईट–अफ–वे र २ मिटर सेटब्याक छोड्नुपर्ने तथा विजयपुरदेखि कोत्रेसम्म ८२ मिटर राइट–अफ–वे छोड्नुपर्ने छ ।

फेवातालको मापदण्डमा सर्वोच्च अदालतको आदेशबमोजिम कार्यान्वयन गराउने निर्णय भएको छ । सर्वाेच्चले ६५ मिटर दूरी हुनुपर्ने भनेको थियो । साना नहरमा नहरको क्षेत्राधिकारबाट २ मिटर तथा कच्ची कुलोमा किनारबाट साढे १ मिटर मापदण्ड छ । महानगरले नयाँ नियममा दोहोरो मापदण्ड हटाएको छ ।

दोहोरो मापदण्ड परे शुरूको घडेरीलाई मुख्य सडकतर्फ महानगरको प्रचलित मापदण्ड लागू गर्ने र मुख्य सडकबाट खोलिएको शाखा बाटोतर्फ नापी नक्सामा काटिएको बाटोको किनाराबाट १ मिटर कायम गरिने जनाइएको छ । एउटै बाटो भए घडेरीको दोहोरोतर्फ नै १ मिटर कायम गर्ने निर्णय महानगरले गरेको छ ।

महानगरभित्र १० मिटरसम्म अग्ला घर बनाउँदा ३ फिट सेटब्याक छोड्नुपर्ने छ । महानगरभित्रका भित्रि सडकमा ५० मिटर, लामो बाटोमा १० फिट र १ सय मिटर बाटोमा १३ फिट ३ इन्च फराकिलो बनाउनुपर्ने नयाँ नियम बनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x