×

NMB BANK
NIC ASIA

आज दुर्लभ चन्द्रग्रहण, ‘सुपर ब्लड वुल्फ मुन’को प्रतीक्षा

माघ ७, २०७५

NTC
Premier Steels

काठमाडौं– विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरूले सोमबार रातो रङ्गको देखिने ‘सुपर ब्लड वुल्फ मुन’ चन्द्रग्रहण हेर्ने तयारी गरिरहेका छन् । निकै चित्ताकर्षक हुनसक्ने यो चन्द्रग्रहणको बेला पृथ्वीको उपग्रहको रूपमा रहेको चन्द्रमा निकै रातो रङ्गको देखिने वैज्ञानिकहरूको भनाइ छ । 

Muktinath Bank

पूरै चन्द्रग्रहण उत्तर र दक्षिण अमेरिकाका साथै पश्चिम युरोप र उत्तर अफ्रिकाबाट देख्न सकिने छ । सूर्य र चन्द्रको ठीक बीचबाट पृथ्वी अघि बढ्दै गर्दा यस्तो खालको ग्रहण देखिन्छ । यस्तो बेला सूर्य पृथ्वीको पछाडि पर्न जान्छ र चन्द्रमा पृथ्वीको छायाभित्र जाने गर्दछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही टिप्पणीकारहरूले आज रातिको पूर्ण चन्द्रग्रहणलाई ‘सुपर ब्लड वुल्फ मुन’को संज्ञा दिएका छन् । ‘सुपर’ भन्नाले चन्द्रमा पृथ्वीको धेरै नजिक आउने अवस्था र त्यसैकारण चन्द्रमा सामान्यभन्दा निकै ठूलो देखिने अवस्था बुझ्नु पर्दछ । जनवरी महिनामा पर्ने पूर्णिमालाई चाहिँ ‘वुल्फ’ भन्ने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

अमेरिकाको न्यू योर्क राज्यको सिरक्युज विश्वविद्यालयका सहायक प्राध्यापक वाल्टर फ्रिम्यानले भने, “पृथ्वीको वायुमण्डलबाट छरिएको थोरै सूर्यको प्रकाश चन्द्रमामा पुग्न जान्छ । त्यो फेरि पृथ्वीको धार वरिपरि वाङ्गिन जान्छ । त्यस्तो बेला देखिने रातो प्रकाश चन्द्रमामा पर्न गएको हामीले स्पष्ट रूपमा देख्न सक्छौँ।”

Vianet communication

यो चन्द्रग्रहण सोमबार ग्रेनिच समय (जीएमटी) अनुसार ०२ः३५ देखि ०७ः४९ बजेसम्म देखिने छ । तर पूर्ण चन्द्रग्रहण चाहिँ ०५ः१२ जीएमटीमा देख्न सकिनेछ । ब्रिटेनमा चाहिँ चन्द्रग्रहणको लगभग पूरै अवधिमा चन्द्रमा क्षितिजमाथि नै देखिनेछ । यो चन्द्रग्रहण उत्तरपश्चिमी फ्रान्स, उत्तरपश्चिमी स्पेन, पोर्चुगल र पश्चिम अफ्रिकाको केही भाग, पूरै उत्तर र दक्षिण अमेरिका, पूर्वी प्रशान्त क्षेत्र र रुसको उत्तर पूर्वी टुप्पोबाट पनि देख्न सकिनेछ ।

चन्द्रग्रहणको बेला निस्किने प्रकाश निकै मधुरो हुने भएकोले चन्द्रग्रहणलाई कुनै उपकरणको सहयता विना नै हेर्न सकिन्छ । त्यो पूरै सुरक्षित हुन्छ । यो चन्द्रग्रहण देखिने क्षेत्रमा बसोबास गर्ने मानिसले सम्भवत सन् २०२९ सम्ममा फेरि यस्तै खालको चन्द्रग्रहण देख्न सक्ने छैनन् । तर त्यो मौसमी अवस्था कस्तो हुन्छ भन्ने कुरामा निर्भर हुन्छ ।
बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x