माघ २२, २०७५
माघ २२, २०७५ मा प्रकाशित
काठमाडौं- केही दिनअघि सार्वजनिक ‘मस्त जवानी’बोलको गीतलाई स्रोता दर्शकले रुचाएका छन् । शुक्रबार सार्वजनिक भएको गीतको भिडियोले युट्युबमा २ लाख ५० हजार बढी भ्यूज पाइसकेको छ ।
राजेन्द्र बजगाँई र विद्या तिवारीको स्वरमा र्याप मिसिएको गीतको भिडियोमा सुनिल क्षेत्री र आँचल शर्मा फिचर्ड छन् । साथमा पल्पसा पोखरेल, सुरज श्रेष्ठ लगायत पनि भिडियोमा देखिएका छन् । शंकर अधिकारी ‘घायल’ र जिवन लुइँटेलको शब्द रहेको गीतलाई राजेन्द्र बजगाँईले संगीत भरेका हुन् ।
ADVERTISEMENT
अराज केशवको र्याप रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।
ज्ञानेन्द्र शर्मा हुमागाँईको डिओपी, टंक केसीको छायाँकन रहेको भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोलाई सुनिल क्षेत्रीले नै निर्देशन गरेका हुन् ।
हेर्नुहोस् भिडियो :
थप समाचार
- 'जुडवा २' फिल्म समीक्षा : कमजोर कथा, छाडा जोकहरूको संग्रह
- क्रिस्चियन बनेको आरोपमा मलाई पेस्तोल ताकियो : अञ्जु पन्त
- सेनाका कर्णेलले नगाएको त्यो गीत, जसले गैरे सुरेशलाई चिनायो
- अनुष्काको फिल्म ‘फिल्लौरी’ कोे गीत तपाईं नसुनी बस्न सक्नुहुन्न [भिडियोसहित]
- ‘धनपति’की नायिका सुरक्षा पन्त : व्यक्ति एक, प्रतिभा अनेक
- विद्या वालनका यी फोटो हेर्नु भएको छ ?
प्रतिक्रिया दिनुहोस