फस्टलुकमा अनुप, वर्षा र मालाको ‘पुरानो बुलेट’

माघ २३, २०७५

काठमाडौं– चलचित्र ‘पुरानो बुलेट’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । 

चैत १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको दुई पोष्टरमा अभिनेता अनुप विक्रम शाहीका साथमा दुई नायिका बर्षा शिवाकोटी र माला लिम्बु देखिएका छन् । एक पोष्टरमा भने अनुपमात्र फिचर्ड छन् । अनुप आफ्ना विगतका चलचित्रभन्दा यसमा भिन्न लुक्समा देखिएका छन् ।


ADVERTISEMENT

कानमा ठूलो कुन्डल, लामो कपाल, हातमा पन्जा, कपालमाथी रातो रुमाल, जिन्स ज्याकेटमा अनुप देखिएका छन् । एक पोष्टरमा भने उनि बुलेट वाइकमा प्रस्तुत छन् ।

पोष्टरमा अभिनेत्री बर्षा गाउँले भेष प्रस्तुत छिन् भने मालालाई केही बोल्ड रुपमा प्रस्तुत गरिउको छ ।

भिषण राइको डेब्यू निर्देशनमा तयार भएको चलचित्रमा अनुप, बर्षा र मालाका साथमा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, शिरोमणी दवाडी, बादल श्रेष्ठ लगायतको मुख्य भूमिका छ । चलचित्रको कथा, पटकथा तथा लेखनमा भीषणसंग सन्तोष राइले साझेदारी गरेका छन् । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता पनि हुन् । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा अशोक कुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् ।

चलचित्रमा हरि घलेको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

माघ २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस