×

NMB BANK
NIC ASIA

डा. बाबुराम भट्टराईले सोधे – माओवादी सत्तामा आएपछि पनि किन भ्रष्टाचार बढ्यो ?

माघ २६, २०७५

NTC
Premier Steels

नुवाकोट – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव, पैसा र सत्ताको दुष्चक्रलाई नतोडेसम्म राजनीति असल नहुने बताएका छन् ।

Muktinath Bank

जनसंवाद यात्राको १२ औं दिन नुवाकोटमा आयोजित अन्तक्र्रिया कार्यक्रममा डा. भट्टराईले पैसाको दुष्चक्र तोड्नुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केही मुठ्ठीभर कमिशनखोरहरू छन् । उनीहरूको कुनै पार्टी हुँदैन । जो सत्तामा आउँछ त्यसैको पछि लाग्छन्,’ बिदुरमा आयोजित अन्तक्र्रियामा उनले भने, ‘कांग्रेस आए हाम्रा बाजे पनि कांग्रेसमा लाग्नुभएको थियो भन्छन् ।


Advertisment
Nabil box
Kumari

कम्युनिस्ट आए मेरो त सबै कम्युनिस्ट हो भन्छन् । त्यही वर्गले नै भष्टाचार गर्छ र कमिशनबाट कमाएको अलिकति नेतालाई बुझाउँछ र साथीहरू त्यसैबाट चुनाव जित्नुहुन्छ र सत्तामा जानुहुन्छ ।’

Vianet communication

दुष्चक्र नतोडिँदासम्म राजनीति शुद्ध नहुने उनले बताए । ‘यी मानिसलाई समातेर ठिगुरामा राख्ने हो भने र नेताहरूले पूरै अब हामी कसैको घुस खाँदैनौ, खुला र पारदर्शी हाम्रो जीवन छ भनेर सामान्य ढंगले हिँड्न थाल्ने हो भने सुध्रिन्छ,’ उनले भने ।

देश विकास गर्नका लागि हिजोको विचार र क्षमताले नपुग्ने देखेर नै आफूहरूले नयाँको बिउ रोपेको संयोजक भट्टराईले स्पष्ट पारे । ‘हामीले नयाँ बिउ रोपेका छौं र नेपाललाई समृद्ध र विससित बनाउनका लागि नयाँ अभियान सञ्चालन गरेका छौं । सक्नुहोला साथ दिनुहोला र नसकेमा बाटो नछेक्नुहोला,’ संयोजक भट्टराईले भने । 

देश बनाउन गोलीका छर्रामुनि हिँडेका मानिस नै सत्तामा पुगेपछि समेत भ्रष्टाचार बढ्नु चिन्ताको विषय भएको उनले बताए । ‘मुलुक रुपान्तरण गर्न ज्यानको बाजी राख्नेलाई कसरी खराब भन्ने ? सबैभन्दा बढी ज्यान जोखिममा हाल्ने माओवादी सत्तामा आएपछि पनि किन भ्रष्टाचार बढ्यो ?’ उनले भने, ‘गोलीका छर्रामुनि हिँडेका मानिस नै सत्तामा पुगेपछि भ्रष्टाचार बढ्नु राम्रो कुरा होइन ।’ 

नेताले देशको सम्पत्ति जनताको हो भनेर काम गरे मात्रै मुलुकलाई समृद्ध र विकसित बनाउन सकिने संयोजक भट्टराईले बताए । राजनीतिमा विकृति आउनुका कारण पहिचान गर्न डा. भट्टराईले आग्रह समेत गरे ।

‘हामीले व्यक्तिभन्दा पनि प्रवृत्तिलाई बुझ्नुपर्छ,’ उनले भने, ‘मान्छे मुलुतः निःस्वार्थी र सामाजिक प्राणी हो । तर विकास क्रमसँगै स्वार्थी लोभीपापी समेत हुन पुगेको छ ।’ आर्थिक, सामाजिक र राजनीतिक प्रणालीले नै मानिसले कस्तो व्यवहार गर्छ भन्ने कुरा निर्धारण गर्ने उनको तर्क थियो । 

‘नेता भनेका जनताका सेवक हुन् भन्ने सेवा भावबाट राजनीति निर्देशित भए मात्रै राजनीति सफा हुने तर्क समेत संयोजक भट्टराईले राखे । ‘नेता भनेका जनताका सेवक हुन्, त्यसैले सामाजिक प्रवृत्तिलाई बढावा दिने र लोभीपापी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ,’ उनले भने, ‘लोकतन्त्रमा हिजोका राजा महाराजाले जसरी शासकको रुपमा प्रस्तुत हुनुहुन्न । हरेक नेता–कार्यकर्ताले आफूलाई सेवकको रुपमा प्रस्तुत गर्नुपर्छ ।’ 

अधिकारसम्पन्न जनलोकपालको व्यवस्था गरेर मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न सकिने संयोजक भट्टराईले बताए । ‘लोकतन्त्र जति तल गयो त्यति नै राज्यको दमनकारी कमजोर हुन्छ र जनता अधिकारसम्पन्न हुन्छन्,’ उनले भने, ‘लोकतन्त्र जति तल जान्छ त्यति नै यो मजबुत हुन्छ र यसका लागि अधिकारी तल्लो तहलाई हस्तान्तरण गर्नुपर्छ ।’  

अहिलको विकासको गतिले नेपाल  छिटो समृद्ध हुन नसक्ने संयोजक भट्टराईले बताए । ‘अहिलेको विकासको गतिले समृद्ध हुन हामीलाई सय वर्ष लाग्छ, त्यसैले तीव्र विकासको आवश्यक पर्छ,’ उनले भने, ‘कम्तिमा पनि २ दशकसम्म प्रत्येक वर्ष २ अंकको आर्थिक विकास हुनुपर्छ ।’ यसका लागि बृहत् खालका राष्ट्रिय गौरवका आयोजना शुरू गर्नुपर्ने, कृषकलाई अनुदानको व्यवस्था गर्नुपर्ने, सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने र छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x