×

NMB BANK
NIC ASIA

मापदण्डविपरित घर टहरा निर्माण, नगरपालिका मौन

फागुन ६, २०७५

NTC
Premier Steels

खलङ्गा- जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बजार क्षेत्रमा स्थानीय बासिन्दाले अतिक्रमण गरेर मापदण्ड विपरित घर टहरा निर्माण गरिरहेका छन् । बजार क्षेत्र आसपासमा स्थानीयले अतिक्रमण गरी निर्माण कार्य शुरु गरेका हुन् । मापदण्डविपरित बनाएका घर टहरा निर्माण हुँदा पनि नगरपालिका मौन छ । 

चन्दननाथ नगरपालिका घोषणा भएको लामो समय बितिसके पनि नगरपालिकाले बनाएको मापदण्ड कार्यान्वयनमा आएको छैन । स्थानीयबाट बजार क्षेत्रभित्र घर टहरा निर्माण गर्दा सडकबाट छोडिनु पर्ने न्यूनतम दुरी नराखी घर टहरा निर्माण भइरहेका छन् । घर निर्माण गर्दा अनिवार्य नक्सा पास र स्वीकृत लिनुपर्ने प्रावधान पनि नगरवासीले मिचेका छन् । बजार क्षेत्रका स्थानीयले नगरपालिकाको मापदण्ड मिचेर घर बनाउनुका साथै सडकमा निर्माण साम्रगी राखेर आवतजावतमा समेत अवरोध पुर्याएका छन् । 

अतिक्रमण गरेर बनाइएका टहराले बजार क्षेत्रका सडकमा चल्ने सवारी साधानलाई गाह्रो भएको सनराइज यातायात जीप चालक रवि जीसीले बताउनुभयो । जिल्लाभित्र मात्र होइन जिल्लाको तातोपानी, रारालिही, कुडारी, सिजासमेत क्षेत्रमा दिनदिनै सडकमै घर टहरा थपिएका छन् । सडक मिचेर बनाइने घर टहरा र पक्की घरनै नक्सा पास गरेका छैनन् । यसरी नै बस्ती विस्तार हुने हो भने केही समयपछि नियन्त्रण गर्न सकिँदैन चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जनसिंह कठायतले बताउनुभयो ।

Muktinath Bank

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भए पनि जनप्रतिनिधिले काम गर्न सकेको छैन भन्छन् स्थानीय कालीबहादुर रोकाया । नगरपालिकाले फोहोर व्यवस्थापन, सडक, ढल, खानेपानीलगायतका पूर्वाधारसमेत पुरानै शैलीबाट सञ्चालन गरिरहेका छन् । तर नगरपालिकाले व्यवस्थित गररै यसलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्ने तयारी रहेको जनाएको छ । 

पाँच वर्षको आवधिक योजना निर्माण थालिसकेकाले केही महिनाभित्र आवधिक योजना बनेपछि त्यसलाई टेकेर नगर क्षेत्रको विकासका काम हुने नगरपालिका प्रमुख कात्तिका सेजुवालले बताउनुभयो । प्रमुख सेजुवालले घर टहरा निर्माणमा मापदण्ड कार्यान्वयन गर्न चुनौती रहेकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारलाई ऐन कानून बनाउन प्रदेश कानून बनि नसकेकाले गाह्रो भएको उनको भनाइ छ । हामीले हाम्रो नगरपालिकाको कानून बनाई सकेपछि कसैले पनि कानून र कार्य विधि मिचेर कुनै संरचना निर्माण गर्न पाउने छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x