×

NMB BANK
NIC ASIA

हात्तीपाइले रोग नियन्त्रण अभियान शुरु हुँदै, २९२ केन्द्रबाट औषधि वितरण गरिने

फागुन ११, २०७५

NTC
Premier Steels

विराटनगर- मोरङ जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गतेदेखि अभियान सञ्चालन शुरु गरिने भएको छ । विराटनगर महानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त अभियानअन्तर्गत महानगरपालिकाले २९२ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्ने भएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

महानगपालिकाका प्रमुख भीम पराजुलीले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित सबैले औषधि सेवन गरी अभियानलाई सफल बनाउने कार्यको शुरुआत गरिने बताउनुभयो । जिल्ला जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले हात्तीपाइले रोग सबै उमेरलाई लाग्ने बताउनुभयो । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनले दक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराइने बताउनुभयो । 

मोरङ जिल्लामा आव २०७३/७४ मा २१३ र ०७४/७५ मा नौ जना हात्तीपाइले रोगका बिरामी फेला परेको सो अवसरमा जानकारी दिइयो । महानगरपालिकाभित्र उक्त अभियानअन्तर्गत दुई लाख ४० हजारलाई औषधि सेवन गराउन तालीम प्राप्त १४८ महिला स्वयंसेविकासहित ४५ स्वास्थ्यकर्मी खटाइने भएको छ । महागरपालिकाका प्रत्येक वडा, विद्यालय, केन्द्रमा औषधि सेवन गराउने कार्यक्रम रहेको छ । गत वर्ष महानगरपालिकाका २६ प्रतिशत नागरिकले औषधि सेवन गरेको सोही अवसरमा जानकारी दिइयो । 

हात्तीपाइले रोग सङ्क्रमित पोथी जातको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । यो रोग लागेका मानिस अशक्त, अपाङ्गसमेत हुने गर्दछन् । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, कडा रोग लागि औषधि सेवन गरिरहेका क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मिर्गौला रोगी फोक्सोको दीर्घरोगी, छारे रोगी र २४ घण्टाभित्र ज्वरो आएका तथा कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकाले यो औषधि सेवन गर्न हुँदैन । 

यस वर्ष पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका १५ जिल्लामा यो अभियान सञ्चालन हुनेछ । बर्दिया हात्तीपाइले रोगबाट सबैभन्दा बढी सङ्क्रमित जिल्ला हो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x