×

NMB BANK
NIC ASIA

श्रम मन्त्रालयले सबै स्थानीय निकायका लागि छान्यो रोजगार संयोजक

फागुन १३, २०७५

NTC
Premier Steels

काठमाडौँ - नेपाल सरकारद्धारा चालु आर्थिक वर्ष २०७५/७६ देखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम प्रारम्भ भएको छ । यो कार्यक्रम संचालन गर्न प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिएको र सो केन्द्रमा कामकाज गर्नको लागि ७ सय ५३ जना रोजगार संयोजक करारमा भर्ना गर्ने क्रममा २०७५ माघ ४ गते विज्ञापन भएको थियो ।

Muktinath Bank

यसका लागि नेपाल सरकार, मन्त्रिपरिषद्द्धारा स्वीकृत रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७५ मा भएको व्यवस्था बमोजिम २०७५ माघ १८ गते सम्म प्राप्त  भएका २३ हजार ९ सय ६८ आवेदनहरू मध्ये २ हजार २ सय ६५ जना उम्मेदवारहरू प्रारम्भिक योग्यताक्रममा छानिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी प्रारम्भिक योग्यताक्रममा छानिएका उम्मेदवारहरुको २०७५ फागुन ११ र १२ गते अन्तिम छनौटका लागि अनलाईन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिईएको थियो । सो परीक्षामा उत्तिर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था छ प्रदेशगत रूपमा रोजगार संयोजकको पदको माग संख्या, आवेदकको संख्या, प्रारम्भिक सूचीमा समावेश संख्या, कम्प्युटर सीप परिक्षणको परीक्षामा सहभागी संख्या र छनौट भएका रोजगार संयोजकहरूको संख्या देहाय बमोजिम रहेको छः


Advertisment
Nabil box
Kumari

Vianet communication

योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निष्पक्ष र पारदर्शी तरिकाले भर्ना गर्नको लागि पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको यसरोजगार संयोजकको छनौटका लागि यस मन्त्रालयका सचिवको संयोजकत्वमा लोक सेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्व भएको एउटा पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो ।

त्यसैगरी प्रदेशगत रूपमा आवेदन माग गरिएकोले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवज्यूहरूको संयोजकत्वमा मापदण्ड बमोजिमको प्रदेशगत छनौट समिति समेत गठन गरी छनौट प्रक्रिया सम्पन्न गरिएको थियो ।

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरीतोकिए बमोजिमको जिम्मेवारी बहन गर्नसम्बन्धित स्थानीय तह (नगरपालिका र गाँउपालिका) मा खटाईने व्यवस्था मिलाईएको छ । छनौट भएका उम्मेदवारहरूले शीघ्र यस मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्पर्क राख्नु हुन जानकारी गराईएको छ ।

विद्युतीय भर्ना प्रणालीबाट छनौट भएका तथा अन्य प्रतिस्प्रर्धी उम्मेदवारहरूले प्राप्त गरेको अंक देखिने गरी विस्तृत जानकारीको विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईट www.pmep.gov.np उपलब्ध गराईएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x