धुर्मुस–सुन्तलीलाई सत्य–स्वरुपको ‘युद्धको मैदान’ उपहार

फागुन २३, २०७५

काठमाडौं– ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायक सत्य–स्वरुपराज आचार्य जोडिएका छन् । 

बुधबार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै गायकद्धय अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । 


ADVERTISEMENT

सत्य–स्वरुपले धुर्मुस–सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेट सम्बन्धि गीत उपहार दिएका हुन् । ‘युद्धको मैदान’ बोलको उक्त गीतलाई सत्य–स्वरुप आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् ।

धुर्मुस–सुन्तलीको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश छन ।
यस्तो छ सत्य–स्वरुपको क्रिकेट सम्बन्धि गीतः

फागुन २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार