×

NMB BANK
NIC ASIA

इलामको फिक्कलमा आगलागीबाट डेढ करोडको क्षति

फागुन ३०, २०७५

NTC
Premier Steels

फिक्कल-  इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरीमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो स्थानीयवासी, प्रहरी र इलाम नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो । 

Muktinath Bank

गाउँपालिकाको १ र ३ मा पर्ने माईपोखरीको प्रवेशद्वार अगाडि रहेका पाँच वटा होटल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मध्य दिउँसो स्थानीयवासी चक्रदीप मुखियाको भान्साघरबाट शुरु भएको आगोले पाँच वटा होटलका सामान पूर्णरुपमा जलेर नष्ट हुँदा एक करोड ४० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

आगलागीबाट चक्र मुखिया, निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखिया, र लाक्पा शेर्पाले सञ्चालन गर्दै आएका होटलहरु जलेका हुन् । काठबाट निर्माण गरिएका होटल र ती होटलमा रहेका सरसामान जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी युवराज पिसीले जानकारी दिए । 

आगलागीबाट चक्रदीप मुखियाले सञ्चालन गरेको सिम्रन होटलमा आगो लाग्दा ४२ लाख बराबरको सरसामान, २० तोला सुन, १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाइएको छ । यस्तै निमदोर्जे शेर्पाको पेमु होटल जलेर नष्ट हुँदा ४० लाख मुल्य बराबरको सरसामान, नगद ३ लाख र ६ तोला सुन जलेर नष्ट भएको छ । आगलागिबाट कमल मुखीयाले संचालन गरेको होटलबाट १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद, १ तोला सुन र १० तोला चाँदी जलेको छ । 

आगलागीबाट स्थानीयवासी लाक्पा शेर्पाले सञ्चालन गरेको होटल जल्दा २९ लाखभन्दा बढीको क्षति भएका छ भने मिङमादीकी शेर्पाको होटलमा आगो लाग्दा ६ लाखको सरसामान, नगद ५० हजार र दुई तोला सुन नष्ट भएको छ । आगलागी पीडितको बिचल्ली भएको छ भने क्षतिको पूरा विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x