×

NMB BANK
NIC ASIA

प्रियंका कार्कीदेखि हरिवंश आचार्यसम्म : यस्तो रह्यो कलाकारको होली ! [फोटोफिचर]

चैत ६, २०७५

NTC
Premier Steels

काठमाडौं – फागु पूर्णिमा अर्थात् होली । काठमाडौंसहित पहाडी जिल्लामा बुधवार होलीको रौनक छ । बालबालिकादेखि बृद्धसम्म, सामान्य व्यक्तिदेखि चर्चित सेलिब्रेटीसम्म होलीमा रमाइरहेका छन् । 

Muktinath Bank

कलाकारले पनि होलीलाई उमंग र उल्लासमय रुपमा मनाइरहेका छन् । रेडियो अडियो र फिल्म ‘दाल भात तरकारी’ यूनिटले संयुक्त रुपमा काठमाडौंको वानेश्वरमा गरेको होली विशेष कार्यक्रममा हाँस्य कलाकार, नायक–नायिकादेखि गायक–गायिकासम्म सहभागी भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाँस्य कलाकर हरिवंश आचार्यदेखि अभिनेता भुवन केसी, कलाकार तथा निर्माता दीपकराज गिरीसम्म कार्यक्रममा उपस्थित भए । नायिका प्रियंका कार्कीदेखि वर्षा राउत, आँचल शर्मासम्मले प्रस्तुती दिए ।


Advertisment
Nabil box
Kumari

अभिनेता दीपकराज गिरी र वर्षा राउतले ‘पूर्वपश्चिम रेल’ बोलको गीतमा नृत्य गरे । दीपकले गीतमा नृत्य मात्र गरेनन्, बैशाख १३ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्कापञ्जा २’ को प्रचारप्रसार समेत गरे ।

Vianet communication

बैशाख २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘दाल भात तरकारी’को टाइटल गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता पुष्प खड्काले नृत्य गरे । हाँस्य कलाकार हरिवंश आचार्य ‘हाम्री आमा साह्रै नै बाठी छन्’ बोलको गीतमा नृत्य गर्नुका साथै फिल्म ‘दाल भात तरकारी’को प्रमोसन गरे । 

अभिनेता भुवन केसी प्रदर्शनरत फिल्म ‘क्याप्टेन’को ‘यति यति पानी’ बोलको गीतमा नृत्य गरे । चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शुभ लभ’का कलाकार हरिहर अधिकारी, अभिनेत्री सूर्या थापा, निर्देशक सन्तोषबाबु लोहनी लगायतले कार्यक्रममा पुगेर फिल्मको प्रमोसन गरे । हरिहर र सूर्याले फिल्मको टाइटल गीतमा नृत्य गरे । 

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्रा’ यूनिट पनि कार्यक्रममा सहभागी रह्यो । कलाकारहरू सलिनमान बानियाँ, सलोन बस्नेत, जान्वी बस्नेत, मलिका महत्त, रेआर राई, निर्माता केशव भट्टाराई स्टेजमा उपस्थित रहे । 

फिल्मका कलाकारले ‘चट्ट रुमाल क्यामालुम’ बोलको गीतमा नृत्य गरे । फिल्म ‘साँइली’का कलाकार दयाहाङ राईदेखि मेनुका प्रधानसम्म कार्यक्रममा पुगे ।

हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल, गायिका मीना निरौला, हाँस्य कलाकार सुरेन्द्र केसी, शिवशंकर रिजाल लगायतका कलाकारको पनि प्रस्तुती रह्यो ।

फोटोमा हेर्नुस् कलाकारको होली :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x