×

NMB BANK
NIC ASIA

हक्कीमा आर्मीलाई उपाधि, क्रिकेटमा प्रदेश ३ र आर्मी विजयी

बैशाख ४, २०७६

NTC
Premier Steels

बाँके- आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको हक्कीको पुरुषतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । 

Muktinath Bank

नेपालगञ्जस्थित मङ्गलप्रसाद उच्चमाविको खेलमैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको हो । पेनाल्टीमा आर्मीले ४–१ गोलले पुलिस क्लबलाई पराजित गरेको हो । आर्मीका प्रदीप राजवंशीले ११औँ मिनेटमा गोल गरे भने खेलको ४७औँ मिनेटमा पुलिसका रोमन राणाले गोल फर्काए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच आजदेखि शुरु भएको पुरुष क्रिकेटतर्फ प्रदेश ३ ले विजयी शुरुआत गरेको छ । कोहलपुरस्थित क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई नौ रनले हराउँदै प्रदेश ३ विजयी भएको हो । टस हारेर ब्याटिङ गरेको प्रदेश ३ ले १९औँ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन बनायो । उसका लागि शुभ कङ्साकारले सर्वाधिक ३९ रन जोडे । अदिल खान र सोनु देवकोटाले क्रमशः ३० र १३ रन बनाए । बलिङतर्फ कर्णाली प्रदेशका प्रकाश जैसीले पाँच विकेट लिए । दिनेश अधिकारीले एक विकेट लिए । एक सय २६ रनको लक्ष्य पाएको कर्णाली ११६ रनमै समेटियो । कर्णालीका लागि रवीन्द्रजङ्ग शाहीले चार चौकाको मद्दतमा सर्वाधिक ३५ रन बनाए । प्रकाश जैसीले २३ तथा टेक सलामी मगरले २२ रन बनाए । बलिङतर्फ प्रदेश ३ का नन्दन यादवले दुई तथा जितेन्द्र सिंह ठकुरी र सोनु तामाङले एक÷एक विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ कर्णालीका प्रकाश जैसी घोषित भए ।


Advertisment
Nabil box
Kumari

यस्तै आजै भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भयो । आर्मीले प्रदेश २ लाई डकवर्थ–लुइस नियमअनुसार आठ विकेटले पराजित गरेको हो । निर्धारित २० ओभरको खेलमा प्रदेश २ ले १९ ओभर सकिँदा ६ विकेटको क्षतिमा ७४ रन बनाउँदा मौसम खराब भएपछि खेललाई १९ ओभरमा घटाइएको थियो । आर्मीले ७७ रनको लक्ष्य पाएको थियो । प्रदेश २ का मेहबुब आलमले २९ तथा राहुलप्रताप सिंहले १७ रन बनाए । बलिङतर्फ आर्मीका सुशन भारीले तीन विकेट, जितेन्द्र मुखियाले दुई र सोमपाल कामीले एक विकेट लिए । सतहत्तर रनको लक्ष्य पाएको आर्मीले १४ दशमलव ३ ओभरमै पुरा ग¥यो । कप्तान विनोद भण्डारीले ४२ तथा रामकृष्ण झाले ३३ रन बनाए । बलिङतर्फ सफुल्ला अन्सारीले दुई विकेट लिए । खेलको प्लेयर अफ दी म्याच आर्मीका सुशन भारी घोषित भए । बिहीबार कर्णाली प्रदेश र त्रिभुवन आर्मीबीच तथा प्रदेश १ र प्रदेश २ बीच हुनेछ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x