×

NMB BANK
NIC ASIA

विपत् व्यवस्थापनका लागि के गर्दैछ काठमाडौं महानगरपालिका ?

बैशाख १०, २०७६

NTC
Premier Steels

काठमाडौं – काठमाडौं महानगरपालिका (कामपा) ले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि १ हप्ताभित्र कामपाका प्रमुखको अध्यक्षतामा समिति तयार हुने भएको छ ।

Muktinath Bank

कामपाको गत चैत २४ गते बसेको चौथो नगर सभाले ऐन पारित गरेको थियो । अबको १ हप्ताभित्र कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा समिति गठन गरिने प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । समिति ११ सदस्यीय रहने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिमा कामपाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजक, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, महानगरको भौगोलिक क्षेत्रभित्र रहेका संघीय सुरक्षा निकायका प्रमुख वा प्रतिनिधि तथा प्रदेश प्रहरी कार्यालयका प्रमुख वा प्रतिनिधि सदस्य रहनेछन् ।


Advertisment
Nabil box
Kumari

उनीहरूका साथै, नगर प्रहरी प्रमुख, गैरसरकारी संस्था महासंघको प्रतिनिधि १, नेपाल पत्रकार महासंघको स्थानीय प्रतिनिधि १ र नेपाल रेडक्रसका स्थानीय प्रतिनिधि १ सदस्य रहनेछन् । निजी क्षेत्रको मान्यता प्राप्त उद्योग वाणिज्य संघको महानगरका प्रमुखले तोकेको प्रतिनिधि १ सदस्य रहने समितिमा महानगरले विपत् व्यवस्थापन हेर्न तोकेको अधिकारी सदस्यसचिव रहनेछन् ।

Vianet communication

प्रवक्ता डंगोलका अनुसार समिति गठन गरेपनि विपत्को समयमा हुने आर्थिक र अन्य व्यवस्थापनका लागि छुट्टै कोषको पनि स्थापना गरिने छ । ऐनमा सर्वसाधारणको जीउज्यान, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक, सांस्कृतिक, सम्पदा तथा संरचनाको संरक्षण हुने गरी विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ जारी गरेको छ ।   

महानगर क्षेत्रभित्रका सम्भावित प्राकृतिक तथा गैरप्राकृतिक विपत्का समयमा हुने क्षति कम गर्न र सांस्कृतिक सम्पदाको संरक्षणका लागि समन्वयात्मक र प्रभावकारीरूपमा व्यवस्थापन गर्न उक्त ऐन जारी गरिएको हो । ७ परिच्छेद र २७ दफा रहेको ऐनमा विपत् संकट क्षेत्र घोषणाको पालना, समन्वय, मानवीय तथा अन्य सहायता समन्वय, राहतको न्यूनतम मापदण्ड, वारुणयन्त्र र अन्य सेवा प्रदायकको काम, सुरक्षा निकायको परिचालनसम्बन्धी व्यवस्था गरिएको छ । 

राष्ट्रिय कार्यकारी समिति, प्रदेश विपत् व्यवस्थापन कार्यकारी समिति, जिल्ला विपत् व्यवस्थापन समितिजस्ता संयन्त्रसँग समन्वय गरी विपत्को जोखिम न्यूनीकरण, पुनःलाभ र प्रतिकार्य व्यवस्थापन गर्नेबारे ऐनमा उल्लेख गरिएको छ । कामपा प्रमुख शाक्यको अध्यक्षतामा आइतवार बसेकोे चौथो नगरसभा बैठकले ऐन जारी गरेको हो । 

विपत् व्यवस्थापन राष्ट्रिय परिषद्बाट स्वीकृत नीति, योजना तथा मार्गदर्शन, राष्ट्रिय कार्यकारी समिति र प्रदेश विपत् व्यवस्थापन समितिबाट स्वीकृत एकीकृत तथा क्षेत्रगत योजना र कार्यक्रम अनुरुप महानगर विपत् व्यवस्थापन नीति तथा योजना तर्जुमा गर्ने काम समितिको हुनेछ । 

आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन, समुदायस्तरीय सचेतना प्रवद्र्धन, प्रतिकार्यको नमूना अभ्यास गराउने, सूचना प्रणाली तथा पूर्व चेतावनी प्रणालीको विकास र सञ्चालन, प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार तथा राहतको व्यवस्था मिलाउने काम समितिले गर्नेछ । प्रभावित घरपरिवारको पहिचान, स्तर निर्धारण तथा परिचयपत्र वितरण, महिला, बालबालिका, गर्भवती, ज्येष्ठ नागरिकजस्ता जोखिम समूहको पहिचान र सम्भावित हिंसा, बेचबिखनप्रतिको निगरानी गर्ने काम पनि समितिकै हुनेछ । 

समुदायस्तरीय कार्यक्रम सञ्चालनलाई प्रभावकारी बनाउन सम्बन्धित वडाध्यक्षले तोकेको निर्वा्चित सदस्य संयोजक रहने गरी वडास्तरीय विपत् व्यवस्थापन समिति गठन गर्नसक्ने व्यवस्था ऐनमा छ । कामपामा हाल ३२ वडा रहेको छ । प्रत्येक वडाले यसअघिनै ११ सदस्य रहने गरी विपत् व्यवस्थापन समिति भने गठन गरिसकेका छन् ।  

ऐनबमोजिम महानगरमा विपत् व्यवस्थापनका लागि छुट्टै कोष हुनेछ । त्यस कोषमा महानगरले विनियोजन गरेको वार्षिक बजेट, संघीय सरकार, प्रदेश सरकार वा स्वदेशी तथा विदेशी संघसंस्था र व्यक्तिबाट विपत् व्यवस्थापनका लागि उपलब्ध गराएको रकम र महानगरले यसै प्रयोजनका लागि संकलन गरेको विशेष शुल्क वा दस्तुर जम्मा गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x