×

NMB BANK
NIC ASIA

रुकुम(पश्चिम)- कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने आठबीसकोट नगरपालिकालाई सोमवार मदिरामुक्त नगरपालिका घोषणा गरिएको छ ।

Muktinath Bank

विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शनीसँगै कर्णाली प्रदेशकै पहिलो मदिरा मुक्त नगरपालिकाको रुपमा आठबीसकोटलाई घोषणा गरिएको हो । मदिराले समाजलाई आक्रान्त पारेको, विकास निर्माणका कार्यमा ह्रास ल्याएको र युवा शक्तिलाई विभिन्न रोगको शिकार बनाइरहेकोले मदिरा मुक्त नगरपालिका घोषणा गरिएको आठबीसकोट नगर प्रमुख गोरकबहादुर केसीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘महिला हिंसा अत्यन्तै बढेको देखियो,’ उनले भने, ‘समाजलाई शान्त, सभ्य र विकसित बनाउन मदिरा मुक्त बनाउनुपर्ने आवश्यकता नगरपालिकाले देखेका कारण हामीले सोमवार मदिरामुक्त नगरपालिका घोषणा गरेका हौं ।’ यसअघि कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको छायानाथ रारा नगरपालिकाले मदिरा निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

नगरपालिकालाई मदिरामुक्त घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अब सांच्चिकै आठबीसकोटले मुहार परिवर्तन गर्ने बताए । ‘मदिराले अहिले समाजलाई गलत बाटोमा लिएको छ,’ उनले भने, ‘मदिराकै कारण कतिपय परिवारको विछोड भएको छ, कतिपय बालबालिकाले राम्रोसँग शिक्षादिक्षा प्राप्त गर्न सकेका छैनन् ।’ मदिरा व्यक्ति, समाज र देशको स्वास्थ्यका लागि हानिकारक रहेको उनको भनाइ थियो ।

Vianet communication

मन्त्री ज्वालाले प्रदेश सरकार कर्णाली प्रदेशलाई रोग, भोक र शोकबाट मुक्त गराउने गरी अघि बढिरहेको बताए । ‘हामीले कर्णालीका जनतालाई नाना, छाना र मानाको नारा ल्याइ आत्मनिर्भर उन्मुख अर्थतन्त्र कायम गर्ने उद्देश्यका साथ बजेट ल्याएका छौं,’ उनले भने, ‘यो कार्यान्वयन गर्नको लागि स्वस्थ्य समाजको आवश्यकता पर्छ । स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ । अब आठबीस नगरले मदिरामुक्त जनशक्तिको उत्पादन गरी प्रदेश सरकारको नारालाई सफल बनाउन सहयोग गर्ने मेरो अपेक्षा छ ।’ उनले मदिरामुक्त घोषणा गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै यसलाई कडाइका साथ कार्यान्वयन गर्न स्थानीय सरकारलाई सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका भूमि व्यवसथा कृषि तथा सहकारी मन्त्री विमला केसीले सरकार आठबीसकोट वासी जनताको साथमा रहेको बताइन् । ‘हामी सभ्य समाज, सुसंस्कृत समाज निर्माण होस् भन्ने चाहन्छौं,’ उनले भनिन्, ‘आठबीसकोटले एक नयाँ सन्देश देशलाई दिएको छ । यो अभियानलाई कर्णालीभर नै मदिरामुक्त अभियानको रूपमा लगेर यहाँका जनताको स्वास्थ्यलाई दिगो तथा स्वस्थ बनाउन आवश्यक कार्य गर्न जरुरी छ ।’

मन्त्री केसीले सरकारले छोरी बुहारी छात्रवृत्ति दिएको, प्रत्येक वडामा सामुदायिक नर्स राख्ने गरी बजेटको व्यवस्था गरेको, छोरी बचत खाताको सुभारम्भ गर्न थालेको बताउँदै प्रदेश सरकार जनताको जनजीविकाको सवालमा जिम्मेवार ढंगले लागि परेको बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य रातो कामी, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x