×

NMB BANK
NIC ASIA

निहुरेर मोबाइलमा झुन्डिनेहरु होसियार

असार २३, २०७६

NTC
Premier Steels

धेरै मोबाइल चलाउने बानीले बाटोमा हिँड्दा एक–अर्कासँग ठोकिने खतरा मात्र होइन, यसले हाम्रो घाँटी र गर्दनमा हानिकारक मात्रामा तौल सृजना गरी नकारत्मक असर पुर्याउने वैज्ञानिकहरुले बताएका छन् ।

Muktinath Bank

सर्जिकल टेक्नोलोजी इन्टरनेसनलमा प्रकाशित एक जर्नलका अनुसार हामीले मोबाइलमा निहुरेर चलाउँदा हाम्रो गर्दनमा २७ केजी बराबर तौलको असर परिरहेको छ । निहुरेर मोबाइल चलाइराख्नु भनेको हाम्रो घाँटीमा २७ केजी तौल राखेर झुण्डाइरहनु बराबर रहेको वैज्ञानिकहरु बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस विषयमा अध्धयन गरेका मेरुदण्ड र हाडका सर्जन डाक्टर केनेथ हन्सराज भन्छन्, ‘अहिले स्मार्टफोनका कारण मानिसहरुले लामो समयसम्म मोबाइलमा झुण्डिने गरेका छन् । यसले उनीहरुको घाँटी र ढाडमा समस्या देखिने गरेका छन् ।’ ‘जता गयो त्यहीँ मानिसहरु निहुरेर मोबाइल चलाइरहेका हुन्छन् । विशेष गरेर यो बानी ‘महामारी’ जस्तै युवाहरुमा देखिएको छ,’ उनी भन्छन् ।


Advertisment
Nabil box
Kumari

हामीले मोबाइल फोन चलाउँदा बनाउने घाँटीको कोणले त्यस भागमा अतिरिक्त भार पर्ने उनी बताउँछन् । हाम्रो टाउकोको औसत तौल ५ केजी रहे पनि मोबाइल चलाउँदा बनाइने ६० डिग्रीको कोणले २२ केजी थप भार थप्ने उनले बताए ।

Vianet communication

‘यसरी हाम्रो गर्दनमा अतिरिक्त भार पर्नाले मासुहरु च्यातिने, हड्डी खिइने र अन्त्यमा अपरेसनसम्म गर्नुपर्ने स्थिति आउन सक्छन्,’ हन्सराज भन्छन् ।

यसबाट बच्नका लागि उनी सजिलो उपाय पनि सुझाउँछन् । ‘यसबाट आँखाकै लेभलमा मोबाइल ल्याउनुपर्दैन । लामो समयसम्म निहुरेर मोबाइल नचलाए पुग्छ ।’ त्यस्तै समय समयमा आफ्नो कुमले कान छुने व्यायाम वा टाउकालाई हातले ठेल्ने र गर्दनलाई ढाड भएकोतिर लाने व्यायाम गर्न उनी सुझाव दिन्छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x