×

NMB BANK
NIC ASIA

तरकारीको विषादी जाँच्ने प्रयोगशाला : ज्यादै चाहिँदा बन्द, सरकार गलेपछि सुचारु

असार २७, २०७६

NTC
Premier Steels

बुटवल – सरकारले विषादी परीक्षणपछि मात्रै तरकारी र फलफूल आयात गर्न दिने निर्णय गर्दा बुटवलस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला बन्द अवस्थामा थियो । तसर्थ भैरहवा नाका भएर भित्रिने खाद्यवस्तुले केही दिन काठमाडौंको प्रयोगशालामा आएर नमूना परीक्षण गर्नुपर्‍यो ।

Muktinath Bank

भारतीय दबाबमा सरकारले केही दिनमै विषादी परीक्षणको निर्णय स्थगित गर्‍यो । विषादी परीक्षण नगरिकनै भारतबाट तरकारी र फलफूल आयात हुन थाल्यो । अनि सञ्चालनमा आयो बुटवलको प्रयोगशाला ।
कर्मचारी अभावले ३ महिनादेखि बन्द रहेको बुटवलस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला बुधवारदेखि पुनः सञ्चालनमा आएको हो । कर्मचारी समायोजन भएर त्यहाँ कार्यरत प्राविधिकसहित कर्मचारी संघमा गएपछि प्रयोगशाला बन्द भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा रहेको प्रयोगशाला काठमाडौंको कालिमाटी पछिको दोस्रो ठूलो प्रयोगशाला हो । प्रदेश सरकारले समायोजन भएका प्राविधिक अधिकृतलाई प्रयोगशालामा पठाएपछि कृषिउपज थोक बजार केन्द्रमा विषादी मापन शुरू भएको हो । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशबाट तलबभत्ता खाने गरी कर्मचारी पठाएर प्रयोगशाला सञ्चालनमा आएको बताइन् ।


Advertisment
Nabil box
Kumari

बन्द भएको प्रयोगशाला पुलः सञ्चालनमा आएपछि स्थानीय र उपभोक्ता उत्साहित भएका छन् । यो प्रयोगशाला २ वर्ष अगाडिदेखि (२०७४ भदौ) सञ्चालनमा आएको थियो । कार्यालयका बाली विकास अधिकृत रामबहादुर खत्रीले तत्काल १ जना प्राविधिकबाट जाँच्न शुरू गरिएको बताए । 

Vianet communication

‘यस अगाडि ३ जना प्राविधिक थियौं । सबै संघमा सरूवा भएर गए । अहिले १ जनाले अस्तिबाट जाँच्न शुरू गरेका छौं । यसलाई व्यवस्थित र राम्रोसँग चलाउन कम्तीमा ५ जना कर्मचारीको आवश्यक पर्छ,’ उनले भने, ‘यो संघ अन्तर्गतको कार्यालय हो । अहिले प्रदेश सरकारको पनि भन्ने सुनिन्छ तर प्रदेशलाई हस्तान्तरण भएको छैन ।’ प्रयोगशालाको स्तरोन्नति गरी प्रदेश सरकारले चलाउने भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्रालयले तयारी थालेको छ । 

भन्सारमा तरकारी र फलफूलजन्य वस्तुको परीक्षण गर्न थालेको सरकारले भारतीय क्षेत्रको दबाबपछि सरकार पछाडि हटेर विना परीक्षण हरियो तरकारी र फूलफूल नेपाल भित्रिन थालेको छ । आवश्यक तयारी नहुँदा सरकारले पछाडि हट्नुपरेको सरकारले स्वीकार गरेको छ । खत्रीले २ दिनमा आलु, बन्दा र टमटरको परीक्षण थालिएको बताए ।

कर्मचारी समायोजन अगाडि पनि खत्रीले नै परीक्षण गर्दै आएका थिए । उनी प्यूठान सरुवा भएका थिए । पुनः उनलाई प्रदेशले बोलाए प्रयोगशालामा खटाएको छ । 

काठमाडौंको कालिमाटीबाहेक बुटवल, झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, कास्कीको पोखरा र बाँकेको नेपालगञ्जमा ‘विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला’ कार्यालय राखिएको छ तर सबै ठाउँमा कर्मचारी अभाव छ । बुटवलमा रहेको कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले स्वदेशी तथा भारतबाट आउने सबै तरकारीको परीक्षण गरिनुपर्ने बताए । 

मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले पूर्वाधार निर्माण र प्रयोगशालामा थप उपकरण खरिद प्रक्रियाको काम सकिएको बताए । ‘उपकरण खरिदको काम सकिएको छ । तालिम पनि शुरू भएको छ । सकेसम्म साउनको पहिलो हप्तादेखि विषादी परीक्षण शुरू गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।  

गण्डकी प्रदेश भारतीय सीमा नाकासँग नजोडिएको भएपनि संघको अनुमतिमा अन्य प्रदेशमा भारतीय नाकाबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न सकिने गरी योजना बनाएको छ ।  उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले प्रयोगशाला सञ्चालनमा आएपछि आफू उत्साहित भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x