भारत सरकारसँग दुई रेल खरिद प्रक्रिया अघि बढ्यो

असार २८, २०७६

काठमाडौं–सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । रेल सेट खरिदसँगै आगामी दशैंसम्ममा सो रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।
 
    निर्माणाधीन जयनगर–कुर्था रेलमार्ग सञ्चालनका लागि सो सेट खरिद गर्न लागिएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दुवै देशका सरकारीस्तरबाट रेल खरिद प्रक्रिया शुरुआत गर्न लागिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताए । 
 
    सो रेल सेट भारतको सरकारी कम्पनी कोनकान कम्पनीमार्फत खरिद गर्न लागिएको रेल विभागले जनाएको छ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताए । उनका अनुसार सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यसको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । रासस
 


ADVERTISEMENT

असार २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस