×

NMB BANK
NIC ASIA

उदाहरणीय काम

पुरुषका दाह्री–कपाल काट्ने महिला, लैंगिक कार्यविभाजनको मान्यता चिर्दै

असार २८, २०७६

NTC
Premier Steels

बुटवल – पछिल्ला केही वर्षयता महिलाहरू पनि पुरुष सरह हरेक क्षेत्रमा जमेरै काम गरिरहेका छन् । उनीहरू कुनै काममा पनि पछि छैनन् भन्ने देखाउँदै गएका छन् ।

Muktinath Bank

बुटवलमा पनि महिलाहरू पुरूषले गर्ने भनिएको काम काम गर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलको अमरपथमा निल डेभिड हेयर सलुन अर्थात् कपाल काट्ने ठाउँ छ । कपाल काट्ने भनेपछि धेरै नेपालीको दिमागमा पुरूष नै होलान् भन्ने बुझिन्छ । तर त्यहाँ कपाल काटिदिनेदेखि दाह्री मिलाइदिने र पुरूषको मुहार सिँगार्नेसम्म महिलाहरू छन् । सलुनमा केही–केही युवा पनि छन्, उनीहरूले महिलाको कपाल मिलाउने काम गर्छन् । ती महिला र युवा १५ देखि २५ वर्ष उमेरका छन् ।


Advertisment
Nabil box
Kumari

समाजको भावना र बुझाइलाई चिर्दै फरक पेशा अँगालेका महिला हुन् रुपन्देहीको सैनामैनाकी सीमा थापा, प्यूठानकी उषा सिंह, बर्दियाकी सुजु गुरूङ र बुटवलकी छिरिङ राना । उनीहरूले केही फरक काम गरौं भन्ने सोचले कपाल काट्नेदेखि पुरूषको दाह्री मिलाउनेसम्मको काम गर्न शुरू गरिरहेका छन् ।

Vianet communication

‘शुरूशुरूमा त मानिसहरू आउने, कपाल काट्न कुर्सीमा बस्नुस् भनेर काट्न जाँदा हिच्किचाएर मुखमा हेर्ने गर्थे । मलाई पनि शुरूमा काम गर्न केही असहजजस्तो लाग्थ्यो । अहिले त्यस्तो कुनै समस्या छैन,’ सीमा भन्छिन्, ‘क्षमता र सीप भए जे काम गर्न पनि सकिन्छ, सक्नुपर्छ/गर्नुपर्छ । कपाल काट्ने र दाह्री मिलाउने काम पुरूषको हो भन्ने समाजको सोचाइ तोडिएको छ ।’ 

उनले ६ वर्ष व्यूटी पार्लरमा तालिम लिएर दुबईमा काम गरिन् । त्यहाँ पनि राम्रो आम्दामी थियो तर आफ्नै देशमा गएर केही गर्नुपर्छ भन्ने सोचले उनी नेपाल फर्किइन् । उनले कपाल काट्ने पेशालाई नेपाल आएर पनि निरन्तरता दिइन् ।

उनी बिहान ८ बजदेखि राति ८ बजेसम्म काम गर्छिन् । उनलाई एकछिन पनि फुर्सद हुँदैन । दैनिक ३० देखि ३५ जनासम्म केटाकेटीको कपाल काट्नेदेखि विभिन्न सिँगारपटारको काम गर्छिन् । उनको आम्दानी पनि राम्रो छ । उनको तलब छ मासिक २२ हजार रुपैयाँ । त्यसमाथि ‘टिप्स’ छुट्टै ।

सुजु गुरूङ पनि सलुनमा सबै काम गर्छिन् । उनले बिहानैदेखि मेकअपदेखि पुरुषको फेसवास, मेहन्दी लगाउनेसम्मको सबै काम गर्छिन् । ‘पुरूषको मेकअपदेखि कपाल काट्ने काम गर्न असजिलो लाग्थ्यो शुरूमा, अहिले केही त्यस्तो हुँदैन । आउने ग्राहक पनि सहज रुपमा लिन्छन्,’ उनी भन्छिन् । 

सुजुको पनि ६ वर्षको अनुभव छ । ‘लैंगिक आधारमा कामको बाँडफाँड गरिनु हुँदैन । अब त्यस्को अन्त्य जरुरी छ । शुरूवात भइसकेको छ । क्षमता हुनेले जे काम गर्न पनि हुन्छ,’ उनी थप्छिन्, ‘कुनै पनि कुरामा गतिशीलता र अनुशासन सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । महिला स्वावालम्बी बन्नुपर्छ । सफलताको लागि इमान्दारिता सबैभन्दा ठूलो हतियार हो ।’

रूपन्देहीको सैनामैनाकी सीमा थापाले सैलुनमा काम गर्न थालेको ५ वर्षभन्दा बढी भइसकेको छ । उनले कपाल रंग्याउने, चमक ल्याउने र राम्रो बनाउने काम गर्छिन् । त्यसमा विभिन्न डिजाइन निकाल्ने उनको जिम्मेवारी छ । 

‘शुरूशुरूमा पुरुषलाई सिँगार्दा केही डर लाग्यो । आफन्तले पनि अप्ठ्यारो माने । धेरैले त अरू काम गर्न पनि सुझाव दिए,’ सीमाले भनिन्, ‘तर मैले वास्ता गरिनँ,’ उषा सिंह भन्छिन्, ‘प्रायःजसो महिलाहरूले सिलाइकटाई र ब्यूटीपार्लरजस्ता पेशा रोज्छन् तर कपाल काट्ने पेशा कसैले अँगाल्न चाहँदैनन् । म त्यही सोच परिवर्तन गर्नका लागि फरक पेशामा लागेकी हुँ ।’

निल डेबिडमा महिलाले कपाल काट्न थालेपछि मानिसको भीड लाग्ने गरेको छ । सलुनमा महिला इमान्दार हुन्छन् भन्ने सबैको सोचाइ हुन्छ । कपाल काट्न पटक–पटक सलुन पुग्ने बुटवलका रमेश ज्ञवाली भन्छन्, ‘यहाँमा कपाल काट्ने राम्रो सेवा दिएका छन् ।’

सलुनमा महिलाको कपाल मिलाउनेदेखि शृंगारका काम गर्छन् युवा देवा ठाकुर र राकेश ठाकुरले । उनीहरूलाई पनि शुरूमा केही अप्ठ्यारो लागेपनि अहिले कुनै काम गर्न असजिलो लाग्दैन । 

सलुनका सञ्चालक मोहन ठाकुरले महिलाको इच्छाशक्ति देखेर सैलुनमा अवसर दिएको बताए । ५ वर्षअघि खुलेको सैलुनमा २ वर्षयता महिलालाई अवसर दिएको थियो । अहिले ८ महिला कार्यरत छन् ।

त्यसमध्येका ४ जना यहीँ थप तालिम लिँदै, काम गर्दै गरेका महिला हुन् । ‘शुरूशुरूमा पुरुषको दाह्री, कपाल काट्न र अनुहार मुसार्न केही अप्ठ्यारो मान्छन् । कोही–कोही त हतोत्साही नै हुन्छन् । बिस्तारै बानी पर्दै पुरुषले भन्दा राम्रो गर्छन्,’ ठाकुरले भने । बुटवलमा करीब १ सयभन्दा बढी सलुन छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x