×

NMB BANK
NIC ASIA

२८ जिल्लामा बाढीेपहिरो–३३ हजार प्रभावित, गौतमबुद्ध विमानस्थलको म्याद फेरि थपियो

असार ३०, २०७६

NTC
Premier Steels

काठमाडौं–विगत ५ दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ महिला र ३१ पुरुष रहेका छन् । 

Muktinath Bank

    विपद्मा परेर सोमबार बिहानसम्म ३८ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
अहिलेसम्म १हजार ४४६ जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन् । गृहमन्त्री रामबहादुर थापाले राहत र उद्धारमा कुनै कसर बाँकी नराखेको जानकारी दिएका छन् । 
 
    प्रभावितहरूको उचित आश्रयस्थलको व्यवस्थापन, उद्धार तथा राहतका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको सरकारले जनाएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद्को अवधिमा अहिलेसम्म ५१ स्थानमा पहिरो खसेको छ । सुरक्षा निकायलगायत तीनै तहको सरकार तथा स्थानीय समुदाय र सङ्घसंस्था राहत एवं उद्धारमा सक्रिय छन् । 
 
    मृत्यु भएका ६५ मध्ये ४८ जनाको सनाखत भएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार उद्धार तथा बेपत्ताको खोजी जारी रहेको र अहिलेसम्म ४८ मृतकको सनाखन भएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    प्राप्त विवरणअनुसार झापाको दमक नगरपालिका–१० की एलिजा न्यौपाने र झापाकै सौगात चापागार्इंको खोलाले बगाएर तथा भोजपुरका जगतबहादुर राई, जनक विक, मनकुमारी राई, शिवकुमार राई र शक्तिकुमार राईको पहिरोमा पुरिएर ज्यान गएको हो ।


Advertisment
Nabil box
Kumari

    इलामको चुलाचुलीका मानाहाङ लावतीको खोलाले बगाएर मृत्यु भएको छ भने ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–४ का पासाङपुटी शेर्पा, सिद्धिचरण गाउँपालिका–६ का कान्छीमाया श्रेष्ठ, मोलुङ गाउँपालिका–७ का खपुटी शेर्पा र याङ्जी शेर्पाको बाढी–पहिरोमा परेर ज्यान गएको हो ।

Vianet communication

    यस्तै खोटाङको खोटेहाङ गाउँपालिकाका रेखा राई, रोमन राई र रोहन राई तथा सिराहा मिर्चैया नगरपालिका–४ का रागनीकुमारी महत्तो, रौतहट गौरका शिवमङ्गल राउत र उमेश राउत, दुर्गाभगवती गाउँपालिकाका वीरेन्द्र मिश्र, इसनाथ नगरपालिका–१ का हरेन्द्र राय यादवको पनि विपद्मा परेर मृत्यु भएको छ ।
 
    पर्साको पर्सागढी नगरपालिका निखिल पटेल, बारा परवानीपुरका विकी यादव, कलैया उपमहानगरपालिकाका अजित सिंह, रामेछापका पदमकुमारी सुनुवार, सिन्धुलीको फिक्कल गाउँपालिकाका हेककुमारी सुनुवार, दुधौली नगरपालिका–४ का कार्बन कपाली, सुनिता पौडेल र सविता पौडेलको समेत मृत्यु भएको केन्द्रले जनाएको छ । 

    काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ का गोमा दङ्गाल र सुहावी दङ्गाल तथा रोशी गाउँपालिकाका कृष्णदेवी रायमाझीको समेत मृत्यु भएको छ । काठमाडौँ मूलपानीमा शर्मिला यादव, नितु यादव, कुन्दन यादव, ललितपुरको वाग्मती गाउँपालिकाका सुरज जिम्बा र सीता रानामगर, महाङ्काल गाउँपालिकाका अविरल गोले तथा ललितपुरकै सन्दीप ल्हो, सानुमैयाँ ल्हो, कुसुन्तीका सुवेश बस्नेतको समेत मृत्यु भएको छ । 

    मकवानपुरको कैलाश नगरपालिका सानुकान्छा सुनार, थाहा नगरपालिकाका सन्तमायाँ बलामी, इन्द्रसरोवरका सृष्टि डिमडुङ तथा धादिङ गजुरी गाउँपालिकाका अस्मिता तामाङ र बेनीघाटरोराङ गाउँपालिकाका राजकुमार ठकुरीको पनि विपद्मा परेर मृत्यु भएको छ ।

    यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ का धनबहादुर सुनार, डोल्पाका धर्मराज बोहरा तथा दाङको बङ्गलाचुली गाउँपालिका–८ का भक्तसिंह बैजालीको पनि मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणमा उल्लेख छ । 
    
२८ जिल्लामा बाढीेपहिरो, ३३ हजार प्रभावित  
    
वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ । विपद्को बेलामा सरकारको सबै संयन्त्र परिचालन गरेर हवाई, जल तथा स्थलमार्गबाट उद्धार तथा सुरक्षित बासस्थानका लागि आवश्यक कार्यलाई तीव्र गति दिइएको सरकारले जानकारी दिएको छ । 

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वर्षापछि मुलुकका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानको अवस्थाबारे जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे जानकारी दिएका हुन् । 
 
    विपद्को अवस्थाबारे सांसदले राखेका जिज्ञासामा गृहमन्त्री थापाले उद्धार तथा राहतका कार्यक्रममा तीनै तहको सरकार, स्थानीय समुदाय, विभिन्न सङ्घसंस्था क्रियाशील रहेको बताए ।  सुरक्षा निकायहरू अहोरात्र उद्धारमा खटिएको भन्दै उनले पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा डुबानको चपेटामा रहेको बताए । 
 

    गृहमन्त्रीले हेलिकप्टरबाट खाद्यान्न, राहत, म्याट, त्रिपाल पु¥याउने प्रबन्ध गरिएको भन्दै स्थानीय तहले खानेकुरा तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्र्ने कार्यलाई तीव्र गति दिएको जानकारी दिए ।  यस्तै प्रदेश १ को गोदामबाट आवश्यक म्याट, त्रिपालसमेत बाढी र डुबान प्रभावित क्षेत्रमा पठाइएको छ ।
 
    प्रधानमन्त्रीले समेत उद्धार र राहतका लागि समन्वयात्मक रूपमा चुस्त भएर लाग्न निर्देशन दिएको स्मरण गर्दै गृहमन्त्री थापाले शनिबार बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरी सबै संयन्त्र परिचालन भएको उल्लेख गरे । 
 
    राष्ट्रपतिद्वारा उद्धार तथा राहतमा संलग्न हुन आह्वान

    राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा सहानुभूतिसहित समवेदना व्यक्त गरेकी छिन् । 
उनले प्राकृतिक विपद्को यस दुःखद घडीमा पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका  संयन्त्रलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गरेकी छिन् । 

    प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक सङ्घसंस्था र समुदायलाई आवश्यक समन्वय तथा सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन राष्ट्रपतिले आह्वान गरेकी छिन् । 

बिस अर्बको टे्जरी बिल बिक्री गरिँदै 

    नेपाल राष्ट्र बैंकले सोमबार रु २० अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा टे«जरी बिल खरीद गर्न लागेको हो जानकारी दिने जनाएको छ ।

    बैंकले यसअघि यही असार २३ गते पनि टे«जरी बिल बिक्री गरेको थियो । त्यस्तै बैंकले आइतबार मात्रै रु ११ अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गरेको छ । ‘विकास ऋणपत्र २०८४ ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद प्रक्रियामा सहभागिता जनाएका छन् । उक्त विकास ऋणपत्र २०८४ असार ३० गते साँवा भुक्तानी हुनेछ । व्याज भुक्तानी भने अर्धवार्षिक रूपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने व्यवस्था गरिएको छ । 

गौतमबुद्ध विमानस्थलको समयावधि थपियो

    निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि फेरि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले  जानकारी दिए ।  निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने उनले बताए । विमानस्थल निर्माणको म्याद यसअघि पनि दुई पटक थपिएको थियो । 

    काठमाडौँ–नुवाकोट सडक खुलाउन माग 

    नेपाली काँग्रेस नुवाकोटले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको नेतृत्वमा आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई भेटेर वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।  

    काठमाडौँबाट नुवाकोट जाने बालाजु–ककनी, त्रिशूली, गल्छी–देवीघाट त्रिशूली र टोखा–छहरे–शिवपुरी–त्रिशूली तीनवटै बाटो बिग्रेको भन्दै बाटो तत्काल खुलाउन माग गरिएको सभापति केसीले बताए । 

    भेटका क्रममा मन्त्री महासेठले काठमाडौँबाट नुवाकोट जाने बाटोको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी काँग्रेस नेता रमेश महतले जानकारी दिए । 

पूर्वपश्चिम राजमार्गको भब्सीमा वैकल्पिक मार्ग सञ्चालनमा 

    पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने भब्सी नदीमा आइतबार साँझ वैकल्पिक मार्ग (डाइभर्शन) सञ्चालनमा आएको छ । शुक्रबार मध्यरातमा पुल बगेपछि वारि र पारि थन्किएका सयौँ सवारी साधन आइतबार साँझ वैकल्पिक मार्ग (डाइभर्शन)  खोलिएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

    पुल बगेपछि कतिपय सवारी साधन शनिबार बिहानैदेखि बर्दिवास जलेश्वर सडकको औरही हुँदै गौशालाबाट फेरि पूर्वपश्चिम राजमार्ग समातेर चलेका थिए । बाढीले बर्दिवास जलेश्वर सडक कैयौँ ठाउँ खङ्गारिएर खाल्डो बनेकाले ठूला सवारी साधन चलाउन अप्ठ्यारो हुँदै आएको थियो । 

    
पन्ध्र हजार सेना परिचालित

    नेपाली सेनाले मुलुकभर बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ स्थानमा डुङ्गालगायत आवश्यक खोज तथा उद्धारका सामग्रीसहित विभिन्न युनिटबाट १५  हजार फौज परिचालन भएको जनाएको छ । 

    परिचालित फौजले खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्ध निर्माणलगायतका कार्यलाई निरन्तरता दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाले हवाई साधनबाट राहत सामग्री ढुवानी, पहिरो पन्छाई राजमार्ग तथा सहायक मार्गहरू सञ्चालन गर्ने कार्यलगायत अन्य मानवीय सहयोगका कार्यलाई तीव्रता दिएको निर्देशनालयमार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।
 
    यस्तै ३० हजार नेपाल प्रहरी र करीब १० हजार सशस्त्र प्रहरी पनि फिल्डमा खटिएका छन् । 

मुख्यमन्त्री राई स्वदेश फिर्ता 

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म भएको नेपाली राष्ट्रिय सम्मेलनमा भाग लिई आइतबार स्वदेश फर्किएका छन् । 

    विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री राईले मुलुकमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । अमेरिकामा रहँदा सफल राष्ट्र निर्माणका लागि विशेष सीप र पूँजीका लागि उपयुक्त वातावरण बनाउन तथा अमेरिकी लगानीका लागि आह्वान गरिएका उनले बताए । 

शेयर बजार

    धितोपत्र बजारमा साताको आइतबार पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुगेको छ । 

    यस्तै ठूला कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूच्क ०.२४ बिन्दुले बढेर २६८.५७ अङ्कमा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसत मात्रै रह्यो । कूल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता शेयर रु २८ करोड ५२ लाख १४ हजार ५७२ मूल्यमा खरीदबिक्री भए । 

    स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने छ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.६१, वित्त १.६१, निर्जीवन बीमा ०.१२, उत्पादन २.५३ र लघुवित्त ०.४७ बिन्दुले घटेको छ । 

    यस्तै होटल ११.९६, विकास बैंक ८.८५, जलविद्युत् ०.९४, अन्य २.२५, जीवन बीमा ३२.५२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x