कामना सेवाको प्रदेश ४ मा एकैसाथ दुई शाखा सञ्चालनमा

साउन ३, २०७६

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ४ अन्तर्गत  म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनी बजार र नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा यही श्रावण ३ गते एकैसाथ २ वटा  शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

यो सँगै अब बैंकको शाखा संख्या ९६ पुगेका छन् । बेनी शाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रूपमा गरेका थिए ।


ADVERTISEMENT

कारोबार शुभारम्भ समारोहमा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्य र बैंकका प्रदेश नं. ४ का प्रमुख टुबराज वास्तोला लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी गैंडाकोट नगरपालिकाका मेयर श्री क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रूपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गरेका थिए । 
 
बैंकले देशका विभिन्न भागहरूमा यी शाखासहित ९६ वटा शाखा कार्यालयहरू तथा ४५ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5, C-ASBA, Demat Account Opening लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।

साउन ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस