×

NMB BANK
NIC ASIA

कर्णाली सरकार निर्णय गर्छ कार्यान्वयन गर्दैन : 'डिजिटल प्रदेश'का वेवसाइट नै अपडेट हुँदैनन्

साउन ४, २०७६

NTC
Premier Steels

सुर्खेत- कर्णाली प्रदेश सरकारलाई निर्णय गर्ने तर कार्यान्वयन नगर्ने रोग बढ्दै गएको छ । शनिवारमात्रै मन्त्री परिषद्को बैठक बस्ने निर्णय गरेको सरकारले शनिवारबाहेक पनि मन्त्रिपरिषद बैठक बस्ने गरेको छ । हरेक महिनाको १५ गते श्रम दिवस मनाउने निर्णय गरेको प्रदेश सरकार अहिले अलमलमा छ । प्रदेश सरकार अहिले यस्तो अवस्थामा छ कि आफैले गरेका निर्णयहरु एकपछि अर्को उल्लंघन गर्दै गइरहेको छ ।

Muktinath Bank

सरकारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू केही दिनपछि मात्रै सार्वजनिक गर्ने घोषणा गरेको प्रदेश सरकारले दुई महिनायता बैठक बारम्बार बसेपनि निर्णयहरू सार्वजनिक गरेको छैन । एक सांसदले सरकार आलोचना हुने डरले निर्णयहरु सार्वजनिक गर्न नमानेको हुनसक्नेतर्फ शंका गरे । उसो त कर्णाली प्रदेश सरकारले गतवर्षको बजेट कार्यान्वयन नै गर्न सकेन । जम्मा पूँजीगत खर्च करीब २६ प्रतिशत मात्रै गर्न सकेको सरकार एकपछि अर्को सवालमा निरन्तर चुक्दै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसो त कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने भनेर सरकारले गत आर्थिक वर्ष २०७५/०७६मा कार्यक्रम नै ल्याएको थियो । यो वर्ष पनि उक्त कार्यक्रम जारी नै छ । तर सरकारका वेबसाइट निरन्तर अपडेट हुने गरेका छैनन् । सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको अहिलेसम्म तस्वीर राख्नेबाहेक अन्य कुनैपनि गतिविधि वेवसाइटमा राखिएको छैन ।


Advertisment
Nabil box
Kumari

सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले भने निरन्तर अपडेट गरिरहेका छन् तर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग,पर्यटन बन तथा वातावरण मन्त्रालय खासै अपडेट नै हुँदैनन् । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कर्णाली प्रदेश सभा सचिवालय लगायतका अन्य कार्यालयले बिराएर मात्रै अपडेट गर्ने गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले पनि कहिलेकाहि मात्रै वेवसाईट अपडेट गर्ने गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय अहिलेसम्म अपडेट भएको छैन ।

Vianet communication

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा सदस्य सुशिल थापाले सरकारले गरेका हरेक निर्णय जनताले थाहा पाउनुपर्ने बताए । ‘सरकारले गरेका हरेक निर्णय पत्रकार सम्मेलन गरेर वा अनलाईन मार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ,' उनी भन्छन्, ‘यो सरकारको लापरवाही नै हो जस्तो मलाई लाग्छ ।’

सरकारले जनतालाई गुमराहमा राख्न नहुने उनको जोड छ । ‘कम्तिमा सरकारले डिजिटल प्रदेश बनाउने भनेपछि आफैबाट शुरूवात गर्नुपर्छ,’ उनी भन्छन्, ‘सरकारले सबैको पहँचमा सूचना उपलब्ध गराउन पनि पत्रकार सम्मेलन गर्नुपर्छ, त्यो गर्न नसकिए मन्त्रीपरिषदका निर्णयहरु वेवसाईटमा नै राखेर भएपनि सार्वजनिक गर्नुपर्छ ।’

संसदमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही सरकारले ल्याएको डिजिटल प्रदेश हावादारी भएको बताउँछन् । ‘आफ्नै मन्त्रालयका वेवसाइट पनि अपडेट गर्न नसक्ने सरकारले डिजिटल प्रदेश बनाउने कुरा हावादारी बाहेक अन्य केहि हुँदैन,’ उनी भन्छन्, ‘कर्णालीको राजधानी सुर्खेत मै विजुलीको पहुँच नै छैन । कसरी हुन्छ डिजिटल प्रदेश ?’

उनी सरकार सस्तो लोकप्रियता कमाउन आकर्षक नारा ल्याउने तर कार्यान्वयन नगर्ने अवस्थामा पुगेको उनको भनाई छ । ‘सरकार सस्तो नारा ल्याउन सफल छ,’ उनले भने, ‘कार्यान्वयन नै गर्न नसक्ने सरकार हाम्रो सरकार नै हो ।’ सरकारले जहिले पनि कार्यान्वयन गर्न सकिने कार्यक्रम मात्रै ल्याउनुपर्ने उनको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x