×

NMB BANK
NIC ASIA

बुटवल- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र पथमा अगाडि बढेको आरोप लगाएका छन् । शक्ति केन्द्रिकृतकै दुष्प्रयासका कारण जनताले पूर्वराजा ज्ञानेन्द्रको सत्ता ढालिदिएको स्मरण गर्दै उनले शक्ति केन्द्रिकृतमा लागिरहे ओलीतन्त्र पनि समाप्त भएर जाने दाबी गरे ।

Muktinath Bank

वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको अयोजनामा भएको वीपी कोइराला र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठीलाई  सम्बोधन गर्दै नेता खाँणले प्रम ओली शक्तिको अत्यन्तै भोको रहेको र त्यसले उनलाई पतनको बाटोमा डोर्‍याएको उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ओलीलाई प्रधानमन्त्री मात्रै भएर पुगेन । राज्यका महत्वपूर्ण विभाग, अर्थ, गृह र अन्य विकास मन्त्रालयका अधिकार पनि सबै चाहिएको छ,’ नेता खाँणले भन्छन्, ‘ओलीले यसैगरी शक्ति केन्द्रिकृत गरिरहे र जनताका मौलिक हकहरू खोस्ने दुष्प्रयास जारी राखे ज्ञानेन्द्रकै नियति भोग्ने निश्चित छ ।’


Advertisment
Nabil box
Kumari

लोकतान्त्रिक शासन पद्धतीमा हुनुपर्ने जवाफदेहिता,पारदर्शिता र जिम्मेवारीपन अहिलेको सरकारमा नदेखिएको वर्तमान परिप्रेक्ष्यमा वीपीका विचार र सिद्धान्तको सान्दभिर्कता झन् बढेको नेता खाँणले बताए । लोकतान्त्रिक शासन पद्धतीमै विश्वास नगर्ने कम्युनिस्टहरू सरकारका रहेकाले नागरिकका हक अधिकारको रक्षाका लागि वीपीका सिद्धान्त र विचारलाई आदर्श मान्नेहरू चनाखो हुनुपर्ने बेला आएको बताए । 

Vianet communication

इन्काउन्टरको नाममा सरकार व्यक्ति हत्याका घटनामा संलग्न भएको आरोप पनि उनले लगाए । कुमार पौडेल हत्याको प्रसंग उल्लेख गर्दै नेता खाँणले भने, ‘गिरफतार भएका व्यक्तिलाई हातखुट्टा भाँचेर मार्न पाइन्छ ? यदि उनले गोली चलाए भन्ने हो भने हात भाँचिएका मान्छेले कसरी बन्दुक चलाए ? यदि उनले फायरिङ गरे भनेर मान्ने हो भनेपनि मारिएको व्यक्तिको हातखुट्टा किन भाँचियो त ?’ व्यक्ति हत्या र हिंसाको विरुद्धमा रहेका वीपी कोइरालाका सिद्धान्तलाई सबैले अंगाल्नुपर्नेमा उनले जोड दिए । 

विश्वका कुनैपनि कम्युनिस्टहरूले जनताको सर्वोच्तालाइ नस्वीकार्ने उल्लेख गर्दै उनले ओली सरकारले पनि नागरिकलाई मालिक नभई सरकारको सेवकका रूपमा लिएको बताए  । कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक, योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोबिन्द पोख्रेल,वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलका अध्यक्ष युवराज गिरी, बुटवल नगरसभापति खेलराज पाण्डे, खिमानन्द भट्टराईलगायतले बोल्दै नेपाली कांग्रेसले सदैव वीपीका विचार,सिद्धान्त र प्रजातान्त्रिक समाजवादलाई अंगालेर जनताको पक्षमा शसक्त आवाज उठाउने काम गरिरहेको बताए । 

गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन 

वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको तेश्रो अधिवेशनले युवराज गिरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बिमलराज भट्टराई, सचिवमा खिमानन्द भट्टराई, सहसचिवमा दिनानाथ गिरी तथा कृष्ण प्रसाद ज्ञवाली कोषाध्यक्षमा चयन भएका छन् ।

सदस्यहरूमा डोलप्रसाद अर्याल, शशीधर घिमिरे, बिनोद ज्ञवाली, सिता कार्की, राधा ज्ञवाली चयन भएका छन् । सुन्दरकुमार गहतराज लेखा समिति संयोजक चुनिएका छन् भने समितिका २ जना पछि मनोनयन गरिने छ । कार्यसमितिका एक जना उपाध्यक्ष र ४ जना सदस्य पनि कार्य समितिले पछि चयन गर्ने नवनिर्वाचित सचिव खिमानन्द भट्टराइले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x