×

NMB BANK
NIC ASIA

सुर्खेतमा कोल्ड स्टोर खुल्दै, तरकारी र आलुको बीऊ राख्ने तयारी

साउन २९, २०७६

NTC
Premier Steels

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोल्ड स्टोर सञ्चालन हुने भएको छ । जिल्लाको भेरी गंगा नगरपालिकाको वडा नं. १० झिलिमिलीमा उक्त कोल्ड सेन्टर सञ्चालनमा आउन लागेको हो ।

Muktinath Bank

भेरी गंगा नगरपालिकाको ६५ लाख, गुर्भाकोट नपाको ५ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मनत्रालयको १५ लाख गरी एक करोड ५९ लाखको लागतमा सेन्टर सञ्चालनमा आउन लागेको नारी जागरण बहुउद्देषीय कृषक समुहका अध्यक्ष ज्ञानु भुसालले जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘८ सय भन्दा बढी जनताको शेयर लगानी गरेका छौं,' उनले भनिन्, ‘८५ ओटा समुहमा रहेका जनताको लगानी गरिएको हो ।’


Advertisment
Nabil box
Kumari

संस्थामा आवद्ध सबैले आलुको बीउ उत्पादन गर्ने गरेको उनको भनाई छ । ‘हामी सबैले पहिलो, दोश्रो् र तेश्रो पुस्ताको बीऊ उत्पादन गरिरहेका छौं, बीऊलाई कोल्ड स्टोर नहुँदा बचाउन गाह्रो भइरहेको थियो ।’

Vianet communication

यसअघि कोहलपुरको कोल्ड स्टोर प्रयोग गर्दा बढी खर्चालु हुने गरेको उनको भनाई छ । ‘दुइ सय मे.टन आलुको बीऊ राख्न मिल्ने क्षमताको कोल्ड स्टोर बनाएका हौं,' उनले भनिन्, ‘बिजुलीको तीन फेज लाइन नभएका कारण अहिले सञ्चालनमा ल्याउन नसकेका हौं । अब आफ्नै ट्रान्सफर्मर ल्याएका कारण केही दिनमा हामी शुरू गर्छौं ।’ तर कोल्ड स्टोरको छतलाई हावाले उडाइदिएको छ ।

‘असार ११ गते राती आएको हावा हुरीले हाम्रो कोल्ड सेन्टरको छानो उडाइ दिएको छ,' उनी गुनासो गर्छिन्, ‘इन्जिनीयरले अब छाना बनाउन साढे बाह्र लाख लाग्ने बताएका छन् । लगानी जुटाइरहेका छौं ।’ समुहका सदस्यहरुले बेसार खेती पनि गरिरहेको तथा अन्य तरकारी खेतीसमेत गरिरहेको बताइन् ।

‘हामीलाई कोल्ड स्टोर नभएका कारण तरकारीको जगेर्ना गर्न गाह्रो भइरहेको थियो,' उनले भनिन्, ‘तर अब हामीलाई सहज भएको छ । कम खर्चिलो छ ।’

उनले प्रति किलो ४ रुपैंयाका दरले सेवा लिने निर्णय भइसकेको बताइन् । यता, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी मन्त्रालयले अन्य केहि सहयोग गर्नुपरे तयार रहेको बताइन् । ‘हामी जस्तोसुकै सहयोग गर्न पनि तयार छौं,' मन्त्री केसीले भनिन्, ‘तरकारी तथा अन्य बालीमा कर्णालीलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेमा सरकार लागिरहेको छ । सबैको साथ र सहयोगको अपेक्षा छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x