चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे नेकपा बैठकमा ओलीको यस्तो ब्रिफिङ

भदौ २६, २०७६

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङले चाँँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् । 

नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्व तयारीका रुपमा रहेको संकेत नेताहरुलाई दिएका छन् ।


ADVERTISEMENT

नेकपाका एक नेताका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमण अन्य तालिका गढबढ नभए अक्टोबरमै हुने सम्भावना छ ।कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस