×

NMB BANK
NIC ASIA

ग्रामीण क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन एम्बुलेन्स खरीद

असोज २, २०७६

NTC
Premier Steels

कावासोती – ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय क्लबले एम्बुलेन्स खरीद गरेको छ ।

Muktinath Bank

नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–६ मा रहेको मातृभूमि युवा क्लबले एम्बुलेन्स खरीद गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एम्बुलेन्स खरीदपश्चात ग्रामीण क्षेत्रमा कोही बिरामी परे उपचारका लागि अस्पताल लैजान सहज हुने क्लबका सचिव तीर्थ डुमे्रले बताए । कावासोती नगरपालिका–६ को २ लाख रुपैयाँ, विष्णुनगर सामुदायिक वनको २ लाख र क्लबको आन्तरिक स्रोतबाट एम्बुलेन्स खरीद गरिएको सचिव डुमे्रले बताए ।


Advertisment
Nabil box
Kumari

एम्बुलेन्स खरीद गरेसँगै ग्रामीण क्षेत्रमा कोही आकस्मिक उपचार गर्नुपर्ने अवस्था भए समयमा अस्पताल पुर्‍याउन नसकी अकालमा ज्यान गुमाउनुपर्ने अवस्था नरहने कावासोती नगरपालिका–६ का अध्यक्ष हेमप्रसाद पाण्डेले बताए । ‘समयमा उपचारका लागि अस्पताल पुर्‍याउन नसक्दा कतिपयले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो, गाउँमै एम्बुलेन्स भएपछि कसैको समयमा अस्पताल नपुर्‍याएककै कारण ज्यान जाने जोखिम रहने छैन,’ वडाध्यक्ष पाण्डेले भने, ‘स्वास्थ्य उपचार सेवामा सहज हुनेछ ।’

Vianet communication

वडाध्यक्ष पाण्डेले वडाभित्रका अशक्त, विपन्न परिवार र ८४ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई उपचारका लागि अस्पताल लैजाँदा एम्बुलेन्स प्रयोग गर्नुपरेमा सोको खर्च आफूले उपलब्ध गराउने समेत बताए ।

एम्बुलेन्स सेवाबाट कावासोती–६ सहित वडा नम्बर १, ५ लगायत आसपासका क्षेत्रका स्थानीय लाभान्वित हुने विश्वास लिइएको क्लबका अध्यक्ष भरत गौडेलले बताए । क्लबले हाल परिवार नियोजन संघसँगको सहकार्यमा प्रजनन् स्वास्थ्य क्लिनिकसमेत सञ्चालन गर्दै आएको छ ।

आगामी दिनमा प्रजनन् स्वास्थ्य क्लिनिकलाई थप व्यवस्थित गर्दै थप स्वास्थ्य उपचारको व्यवस्था उपलब्ध गराउने योजनासहित क्लब अगाडि बढेको उनले बताए । युवाहरू पनि सामाजिक काममा लाग्नुपर्छ भन्ने सन्देश दिनका लागि आफूहरूले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा कार्य गर्दै आएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x