×

NMB BANK
NIC ASIA

'हत्या उद्योगमा' सांसद गुरुङलाई पक्राउ पुर्जी

असोज ३०, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

काठमाडौं –    नेकपा सांसद पार्वत गुरुङलाई ‘ज्यानमार्ने उद्योग’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको तथ्य बाहिरिएको छ।

Muktinath Bank

मुद्दा दर्ता भएको एक वर्षपछि पक्राउ पुर्जी (वारेन्ट) जारी भएको रहस्य खुलेको हो। गुरुङलाई पक्राउ पुर्जीको म्यादसमेत बुझाइएको छ। जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी दोलखा जिल्ला अदालतमा पठाएपछि गुरुङलाई थमाइएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरध्वज खड्काको जाहेरीले नेपाल सरकार वादी भएको उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गुरुङसहित सात जनाविरुद्ध ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ। अभियोग पत्रमा गुरुङ फरार रहेको भन्दै पक्राउ पुर्जी जारी गर्न मागसहित सरकारी वकिलले ०७५ सालमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।


Advertisment
Nabil box
Kumari

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पार्वत गुरुङ नामका व्यक्तिलाई अदालतबाट ०७५ सालमै पक्राउ पुर्जी जारी भएको बताउँदै सांसद नै रहे/नरहेको विषयमा आफूले यकिन गर्न नसक्ने जानकारी दिए। ‘यो एक वर्ष पुरानो मुद्दा रहेछ। त्यतिबेलै पुर्जी जारी भएजस्तो लाग्छ। फाइल नहेरी सबै भन्न सकिने अवस्था छैन,’ स्रेस्तेदार श्रेष्ठले भने, ‘फरार देखाएर ज्यानमार्ने उद्योगमा अभियोगपत्र दर्ता भएको रहेछ। पार्वत गुरुङ भन्ने व्यक्तिका नाममा पुर्जी जारी भएको देखिन्छ। मुद्दा दर्ता भएपछि सुनुवाइकै क्रममा प्रक्रियाअनुसार पक्राउ पुर्जी जारी हुन्छ।’

Vianet communication

श्रेष्ठले अभियोगपत्रमा गुरुङको वतन र बाबुको नाम उल्लेख हुने भएकाले हेरेपछि यकिन हुने उनले बताए। उक्त मुद्दाका प्रतिवादीलाई आरोप पुष्टि भए मुलुकी फौजदारी संहिताको दफा १८३ (२) मा ज्यानमार्ने उद्योगमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

पक्राउ पुर्जीमा दोलखा जिल्ला गौरीशंकर नगरपालिका–५ उल्लेख छ। उक्त मुद्दामा गुरुङसहित मीनबहादुर तामाङ, कारसाङ भनिने कर्ण तामाङ, जीवन तामाङ, उर्मिला धामी, सागर तामाङ र सविन तामाङलाई प्रतिवादी बनाइएको छ। जिल्ला अदालत काठमाडौंको मुद्दा दर्ता शाखाका अधिकृत टीकासिंह खत्रीले संहिताको व्यवस्थाअनुसार तीन वर्षभन्दा बढी सजाय हुन सक्ने ‘केस’ मा फरारको हकमा ३५ दिने पक्राउ पुर्जी जारी हुने बताए। ‘यो अभियुक्तलाई हाजिर गराउन रीतबमोजिम जारी भएको पक्राउ पुर्जी नै हो,’ खत्रीले भने। अन्नपूर्ण पोस्टमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x