बाला फिल्ममा आयुष्मान र भूमिको कडा मेहनत, मेकअपमा लाग्थ्यो घन्टौं

कात्तिक १३, २०७६

काठमाडौं – आउन लागेको बलिउड फिल्म बालाका दुवै प्रमुख कलाकार भूमि पेडनेकर र आयुष्मान खुरानाको फरक लूक दर्शकले देख्न पाउने भएका छन् । 

उनीहरूको नौलो लूक बनाउन प्रोस्थेटिक र मेकअपको महत्त्वपूर्ण भूमिका छ । फिल्ममा आयुष्मान तालुखुइले देखिनेछन् भने भूमि निकै काली महिलाको भूमिकामा छिन् । 


ADVERTISEMENT

आयुष्मानको लूकका लागि प्रोस्थेटिक र स्कल क्याप उपयोग गरिएको थियो भने भूमिको लूकका लागि अल्कोहलमा आधारित मेकअपको सहारा लिइएको थियो । 

कलाकारहरूलाई कालो देखाउनका लागि धेरै समय लाग्दैन भन्ने विश्वास छ । कलर र टचअपले काम चल्ने विश्वास गरिन्छ । तर भूमिको मेकअप टीमले कालो रंग ल्याउनका लागि अनेकौं परीक्षण गरेको छ । 

उनलाई मेकअप गर्न लगभग साढे दुई घन्टा लाग्थ्यो । त्यस अवधिमा उनी संगीत सुन्ने गर्थिन् ।

अनुहारमा डार्क कलरले पोत्नुको साटो अल्कोहलमा आधारित मेकअप लगाइन्थ्यो । त्यसलाई भूमिको अनुहारमा बिस्तारै बिस्तारै स्प्रे गरिन्थ्यो । टूथब्रश जस्तै कुराले मेकअप पेस्टलाई छर्कीछर्की लगाइन्थ्यो । शूटिङका क्रममा फरक फरक अन्तरालमा मेकअपको लेयरिङ गरिन्थ्यो । 

उता आयुष्मानलाई तालुखुइलेको लूक दिनका लागि स्कल क्याप लगाइएको थियो । मेकअपका लागि आयुष्मान बिहान ४ बजे उठ्थे । उनको मेकअपका लागि लगभग तीन घन्टा लाग्थ्यो । 

एजेन्सी
 

कात्तिक १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस