कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं – अघिल्लो साताको बिहीवार भारत सरकारले जम्मु तथा कश्मीर अनि लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएपछि औपचारिक रूपमा देशको नक्सा जारी गर्यो ।
उक्त नक्सामा उत्तराखण्ड तथा नेपालको सीमामा रहेको कालापानी र लिपुलेकलाई भारतभित्र देखाइएको छ ।
भारतले यसमा केही नयाँ परिवर्तन नगरिएको बताएको छ । नयाँ भनेको खाली जम्मु–कश्मीर र लद्दाखलाई एक राज्यको साटो दुईवटा केन्द्रप्रशासित प्रदेश देखाइएको उसको भनाइ छ । तर नेपालले यी क्षेत्रहरू आफ्नो भएको दाबी गरेको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर भन्यो, ‘कालापानी नेपालकै क्षेत्र हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ ।’
बिहीवार भारत सरकारको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘हाम्रो नक्सामा भारतको सम्प्रभुता रहेको क्षेत्रको सटीक चित्रण छ र छिमेकीसँगको सीमलाई एकरत्ती पनि परिवर्तन गरिएको छैन ।’
सर्भेयर जनरल अफ इन्डियाका लेफ्टिनेन्ट जनरल गिरीश कुमारका अनुसार, सीमामा एक मिलिमिटर पनि परिवर्तन गरिएको छैन । जम्मु–कश्मीर र लद्दाखमा भएको परिवर्तन मात्र नयाँ हो । बाँकी नक्सामा कुनै चेन्ज छैन ।’
तर नेपालको परराष्ट्र मन्त्रालयले भारतको नक्सा एकतर्फी रूपमा जारी गरिएको र यसो गर्ने अधिकार उसलाई छैन ।
नेपालले कालापानी र लिपुलेक तत्कालीन ईस्ट इन्डिया कम्पनीसँगको सम्झौतामा प्राप्त गरेको दाबी गरेको छ ।
तर सर्भेयर जनरल अफ इन्डियाका गिरीश कुमार भन्छन्, ‘यसलाई हामीले एकतर्फी रूपमा प्रकाशित गरेका हैनौं । हामीहरू हरेक वर्ष नक्सा निकाल्छौं । सन् २०१८ वा त्यसअघिको नक्सा हेर्नुस् । कालापानी भारतमै देखिनेछ ।’
तर नेपालको भनाइ छ, ‘भारतले सन् १९६२ मा चीनसँग भएको युद्धपछि आफ्ना सबै सीमा चौकीहरू नेपालको उत्तरी भागबाट हटाएको थियो तर कालापानीबाट हटाएन । अनि सन् २०१४ मा भारत र चीनले लिपुलेकमार्फत द्विपक्षीय व्यापार कोरिडोर बनाउने सहमति जनाएका थिए । नेपालले यो विषय चीन र भारत दुवैसमक्ष उठाएको थियो तर यसमा औपचारिक रूपमा चर्चा हुन सकेन ।’
बीबीसी हिन्दीबाट
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...