×

NMB BANK
NIC ASIA

सागको महिला क्रिकेटमा नेपाललाई कास्य पदक

मंसिर २१, २०७६

NTC
Premier Steels

तेह्रौं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेट स्पर्धामा आयोजक नेपालले कास्य पदक जितेको छ ।

Muktinath Bank

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा तेस्रो स्थानका लागि शनिवार भएको स्पर्धामा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सागमार्फत महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगितामा शुरूआत गरेको माल्दिभ्सलाई यसअघि लिग चरणको खेलमा समेत नेपालले पराजित गरेको थियो । 


Advertisment
Nabil box
Kumari

खेलमा टस जितेर पहिला ब्याटिङ थालेको माल्दिभ्सले ११ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै जम्मा ८ रनको योगफल तयार गरेको थियो । 

Vianet communication

जीतका लागि सामान्य लक्ष्य पाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा नै बिना विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा ‘प्लेयर अफ दी म्याच’ बन्न सफल अञ्जली चन्दले आफ्नो ४ ओभर बलिङमा जम्मा १ रन खर्चेर ४ विकेट लिन सफल भइन् । 

नेपालका लागि रोमा थापाले ५ तथा काजल श्रेष्ठले २ रन जोडिन् । बाँकी २ रन भने वाइडमार्फत प्राप्त भएको थियो । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले स्वर्णको लक्ष्य पूरा नभएपनि खेलाडीहरूले राम्रो क्रिकेट खेलेको उल्लेख गर्दैै आगामी दिनमा धेरैभन्दा धेरै ‘म्याच एक्सपोजर’ पाएको खण्डमा  श्रीलंका, बंगलादेश जस्त टेस्ट मान्यता प्राप्त राष्ट्रहरूलाई समेत जित्न सफल हुने विश्वास व्यक्त गरे ।

नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले प्रतियोगिताबाट सिक्ने अवसर मिलेको बताउँदै आउने दिनमा गल्ती कमजोरी हटाउँदै राम्रो क्रिकेट खेल्ने प्रतिबद्धता जनाइन् । माल्दिभ्स टोलीका कप्तान जोना मारियमले आफूहरू पहिलो अन्तर्राष्ट्रिय प्रतिस्र्धामा सहभागी भएकाले यसबाट सिक्ने अवसर मिलेको बताइन् ।

सागको महिला क्रिकेटको स्वर्ण पदकका लागि आइतवार श्रीलंका र बंगलादेशबीच स्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी ४ राष्ट्रले सहभागिता जनाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x