×

NMB BANK
NIC ASIA

द्वन्द्वपछिको रुपान्तरण

रुवाण्डाको विकासबाट नेपालले सिक्नुपर्ने पाठ

माघ २९, २०७६

NTC
Premier Steels

हामीकहाँ समृद्ध नेपालको बारेमा टोलदेखि चोक-चोकमा बहस हुन्छ । समृद्ध र विकसित मुलुक निर्माण गर्ने नाममा हामी अनेक खालका व्यवस्थाको अन्त्य गरेर आजको ठाउँमा उभिएका छौं । संसारभरि राष्ट्र बलियो या समृद्ध बन्ने कुनै विश्वव्यापी फर्मूला छैन । हरेकले अन्यका अनुभव र अनुभूतिबाट सिक्दै आफ्नो माटो सुहाउँदो विकास गर्ने हो ।

Muktinath Bank

विभिन्न खालका उदाहरणमध्ये रुवाण्डा पनि एक उदाहरण हो । हामीले हुर्कंदै गर्दा गरीबको देश, भोकमरीको देश, द्वन्द्व र नरसंहारबाट गुज्रेको देश भनी चित्रित गरेको रुवाण्डा कति छिटै प्रगतिपथमा लम्क्यो भन्ने पाठ हाम्रा लागि ऊर्जा बन्न सक्छ । हाम्रोभन्दा कम विविधता भएर पनि अकल्पनीय जातीय नरसंहार व्यहोरेको रुवाण्डा कसरी कंकालमाथि टेकेर विकासको पथमा लम्कियो ? यो आलेखमा त्यसैको वरिपरी रहेर चर्चा गरिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब १० लाख मान्छेहरूको आन्तरीक जातीय द्वन्द्वबाट नरसंहार भएको तितो यथार्थबाट गुज्रिएर कंकालमाथि समृद्ध मुलुक बन्ने सपनासँगै तंग्रिएको मुलुक हो रुवाण्डा । ३६ हजार ३ सय ३८ वर्ग किलोमिटर क्षेत्रफलमा सहारा मरुभूमिको एउटा किनारमा अवस्थित भूपरिवेष्ठित सफ्रिकाको सानो मुलुक रुवान्डाको उत्तरमा युगान्डा, पश्चिममा कंगो, दक्षिणमा बुरुण्डी र पूर्वमा तान्जानीया छन् ।


Advertisment
Nabil box
Kumari

मानव ईतिहासको बिर्सनलायक ठूला नरसंहार मध्येकै नरसंहार व्यहोरेको यो सानो अफ्रिकी देश आज प्रगतिको बाटोमा छिटो छिटो यसरी लम्किरहेको छ कि अहिलेका विश्वस्तरमा अर्थशास्त्रको अध्ययन गर्ने, विकासको अध्ययन गर्ने, तीव्र गतिमा आर्थिक विकास हुनुका सम्भावनाहरूको खोजी गर्नेहरूको तथा लगानी गर्न खोज्नेहरूको आकर्षक मुलुक बनेको छ ।

Vianet communication

विश्वभरका लगानीकर्ताको आकर्षणको क्षेत्र बन्नुको पछाडि उसले थुप्रै कामहरू गरेको छ । त्यही कारणले आजको युगका गरीब या विकासोन्मुख देशको रोल मोडल मुलुकको रूपमा रुवाण्डालाई लिइने गरिन्छ । अफ्रिकी महाद्वीपको सिंगापुरका नामले चिनिने रुवाण्डाले आजको यात्रा तय गर्न निकै कठीन विगत व्यहोर्नु परेको थियो, त्यो कठीनाईलाई बिर्सेर यो यात्रा तय गर्नु कम चुनौतीपूर्ण थिएन ।

रुवाण्डाको त्यो बिर्सनलायक समय

रुवाण्डा अफ्रिकी मुलुकहरूमध्ये खासै ठूलो जातीय र सांस्कृतिक विविधता भएको मुलुक होइन । तर बेल्जियमले उक्त मुलुकमा आफ्नो उपनिवेशाकाल चलाउने बेलामा हुतु र तुत्सी दुई जातीय समुदायलाई पालै-पालो प्रयोग गर्ने तथा एक अर्काका विरुद्ध जातीय विद्वेष फैलाउने काम गरेको थियो । १९६५ मा यी दुवै जातिको जातीय वैमनस्यताका वाबजुद रुवाण्डा स्वतन्त्र बन्यो ।

करीब ८५ प्रतिशत हुतु र १४ प्रतिशत तुत्सी रहेको यो मुलुकमा तुत्सीहरू सामाजिक आर्थिक हैसियतमा राम्रो मानिन्थे । कृषि पेशामा आवद्ध हुतुहरू गरीब थिए । स्वतन्त्र भएपछिको चुनावमा हुतुहरूले जिते । पछि १९९४ मा हुतु राष्ट्रपतिलाई तुत्सी समर्थक विद्रोहीले हत्या गरेपछि यी दुई जातिबीचको संघर्ष उत्कर्षमा पुगेको थियो ।

त्यतिबेला हुतुसमर्थक रेडियोबाट सबै तुत्सीहरूको हत्या गर्न उक्सैयो र स्वयं सेनाले नै हतियार बाँड्ने काम गर्यो । करीब १०० दिनसम्म चलेको उक्त नरसंहारमा १० लाख मान्छेहरू मारिएका थिए । मानव इतिहासकै यो स्तरको नरसंहारबाट उठेर आज रुवाण्डाले जुन आर्थिक फड्को मारेको छ, हाम्रो जस्तो विकासोन्मुख देशका लागि यो एउटा सिक्ने राम्रो नमूना हुन सक्छ ।

नरसंहारपछि रुवाण्डाको यात्रा

करीब १० लाख मान्छे मारिएपछि तुत्सीहरू नजिकको देशमा शरण लिन पुगे । त्यतिबेला हाल रुवाण्डाको राष्ट्रपति रहेका पल कागामे लगायतको संलग्नतामा आरपीएफ नामको सैन्य विद्रोही संगठन बन्यो र बिस्तारै त्यो सैन्य संगठनले रुवाण्डाका धेरै भू-भागलाई आफ्नो नियन्त्रणमा लियो । सन् २००० मा सत्तामा पुग्नासाथ कागामेले देश बदल्ने अभियान चलाए । हालको रुवाण्डाको प्रगतिको श्रेय पनि उनै कागामेलाई जाने गर्छ ।

उनी राष्ट्रपति बन्नासाथ जातीय हिसाबले थप हिँसा नभड्कोस भनेर जातीय रूपमा पहिचान नै गर्न नपाउने व्यवस्था गरे । उनै कागामेले विभिन्न क्षेत्रको विज्ञ टोली बनाई चीन, भियतनाम, सिंगापुर लगायत विकासको गतिमा अघि बढेका मुलुकहरूको भ्रमण गराए । तिनै विज्ञहरूको निष्कर्ष नै रुवान्डाको संविधानको मुख्य आधार थियो । सन् २००० मै देखेको भिजन र नारा अनुरुप नै विभिन्न ४४ वटा क्षेत्र तोकेर रुवाण्डाले काम गरिरहेको छ ।

अहिले कस्तो छ रुवाण्डा ?

सन् २०१७ मा पुनर्निर्वाचित पल कागामे फेरि सात वर्षका लागि राष्ट्रपति निर्वाचित भएका छन् । उनी सन् २००० देखि नै सत्तामा छन् । उनकै नेतृत्वमा अहिले रुवाण्डालाई प्राविधिक हबको रूपमा स्थापित गर्ने गरी काम गरिएको छ । कागामे नेतृत्वको सरकारले आधारभूत संरचनाको विकासमा जुन गतिमा काम गरिरहेका छन्, त्यसले रुवाण्डालिई व्यवसायमैत्री देश बनाउन टेवा पुर्याएको छ ।

डुइङ बिजनेस इन्डेक्समा अफ्रिकाकै पहिलो स्थानमा रुवाण्डा रहेको छ । संसदमा महिलाहरू ५० प्रतिशत हुनुपर्ने बाध्यकारी व्यवस्था छ जसले अन्य स्क्यान्डेभियन मुलुकमा भन्दा पनि राम्रो महिलाको प्रतिनिधित्व देखाएको छ ।

अहिले वैदेशिक लगानीका लागि रुवाण्डा आकर्षणको केन्द्र बनेको छ । अमेरिका, चीन लगायत संसारका विकसित देशहरूले यहाँ करोडौं डलरको लगानी गरेका छन् ।

व्यापार व्यवसाय दर्ता गर्न कुनै झन्झटिलो प्रक्रिया छैन । प्रक्रिया शुरू गरेको २ दिनमा व्यापार व्यवसाय दर्ता गर्न सकिन्छ, जुन संसारका अन्य विकसित मुलुक भन्दा पनि कम झन्झटिलो हो । रुवाण्डा सन् २०३५ सम्ममा मध्यम आय भएको मुलुक र २०५० सम्म उच्च आय भएका मुलुकहरूको सूचीमा पर्ने गरी काम गरिरहेको छ ।

रुवाण्डाको कर्मचारीतन्त्र अत्यन्तै चुस्त र परिणाममुखी मानिन्छ । रुवाण्डाले उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष तवरले लागिपरेको छ । जसले स्वरोजगार निर्माण, रुवाण्डाको मजबुद अर्थतन्त्र निर्माणमा भूमिका खेलेको छ । हाम्रोजस्तो पाखुरा र पसिना अन्य देशमा लगेर बेच्न प्रोत्साहन गर्ने मुलुकले उनीहरूबाट धेरै सिक्न जरुरी छ ।

सन् २०१९ को तथ्यांक अनुसार रुवाण्डा करीब ७ दशमलव ८ अंकसहित संसारकै छिटो आर्थिक वृद्धिदर भएको मुलुकका रूपमा स्थापित छ । रुवाण्डाको साक्षरता प्रतिशत वार्षिक १३ प्रतिशतका दरले बढिरहेको छ । रुवाण्डाको करीब ८० प्रतिशत जनसंख्या कृषिमा आबद्ध छ । अहिले रुवाण्डाको प्राथमिकता कृषिमा आधारित अर्थतन्त्रलाई कसरी ज्ञानमा आधारित अर्थतन्त्रका रूपमा लैजान सकिन्छ भन्नेमा केन्द्रित छ ।

सार्वजनिक यातायात, आधारभूत स्वास्थ्य जस्ता धेरै क्षेत्रमा रुवाण्डाले चामत्कारिक प्रगति गरेको छ । राज्य र कोरियन टेलिकमको सहकार्यमा करीब ९२ प्रतिशत भन्दा धेरै जनतालाई निशुल्क ४ जी उपलब्ध गराएको छ । करीब ८८ प्रतिशत भन्दा धेरै बालबालिका विद्यालय जान्छन् ।

उच्च जनसंख्याको घनत्व भएको मुलुक भएर पनि शहर र बस्तीहरू सफा छन् । रुवाण्डाले राजधानी लगायत अन्य शहरमा गरेको फोहोरमैला व्यवस्थापन संसारमै अनुकरणीय व्यवस्थापन मानिन्छ ।

रुवाण्डाले जातीय द्वन्द्वबाट गुज्रेको छोटो समयमै आफूलाई प्रगतिपथमा लगायो । यसबाट नेपालले धेरै कुरा सिक्न सक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x