×

NMB BANK
NIC ASIA

रेणु दाहाल नेतृत्वको कार र्‍याली लुम्बिनी भ्रमणमा, बुटवलमा स्वागत

फागुन १०, २०७६

NTC
Premier Steels

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले शुरू गरेको कार र्‍यालीमार्फत लुम्बिनी जान आएको आन्तरिक पर्यटकको विशेष टोलीलाई शनिवार बुटवलमा स्वागत गरिएको छ । 

Muktinath Bank

बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले पर्यटन प्रवद्र्धनका लागि हिँडेको टोलीलाई बुटवल राजमार्ग चौराहामा राष्ट्रिय स्वाभिमानको प्रतिक जितगढी किल्लाको आकृति अंकित मायाको चिनो दिँदै स्वागत गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रमुख आचार्यले चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र भरतपुर महानगर प्रमुख रेणु दाहाल लगायतलाई बुटवलमा स्वागत गर्दै बुटवल र भरतपुरको सहकार्यबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने बताइन् ।


Advertisment
Nabil box
Kumari

भरतपुर महानगरका प्रमुख दाहालले ‘घुमौं भरतपुर’ भन्दै शुरू गरिएको भरतपुर–लुम्बिनी कार र्‍याली पनि एउटा माध्यम रहेको उल्लेख गर्दै सहकार्यका साथ पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने बताइन् । 

Vianet communication

प्रमुख दाहालले बुद्धावलीको बुटवल, ऐतिहासिक जितगढीको बुटवल र नारायणी सभ्यताको भरतपुरमा रहेका पर्यटन विकासका सम्भावनालाई मिलेरै साकार पार्नुपर्ने बताइन् । भ्रमण वर्षको अवसरमा भरतपुर घुम्ने निम्तो दिँदै भरतपुर महानगरपालिकाले शनिवारदेखि नै कार र्‍यालीको आयोजना गरेको  उनको भनाइ छ । र्‍याली भरतपुरबाट बुटवल–सैनामैना हुँदै लुम्बिनीसम्म पुग्नेछ ।

बुटवल राजमार्ग चौराहमा आयोजित स्वागत कार्यक्रममा बुटवल उपमहानगरका कार्यपालिका सदस्य टंकप्रसाद पराजुली, बिमला श्रेष्ठ, रञ्जित शेरचन, महाशाखा प्रमुख मित्रमणि खनाल, पर्यटन व्यवसायी, निजी क्षेत्र लगायतको सहभागिता थियो । 

बुटवलले जितगढी–ऐतिहासिक नुवाकोटगढी, रामापिथेकश, सहस्रधारा, लक्ष्मीपार्क, हिलपार्क, कपरकट्टी बैठौलिया सिमसार क्षेत्रलाई जोडेर पर्यटन सर्किट बनाइरहेको छ । यी क्षेत्रलाई जोड्दै बुटवलले पैदलमार्ग र चक्रपथ निर्माणको कामलाई पनि अगाडि बढाएको छ । 

नारायणी नदी किनारमा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र महानगर प्रमुख रेणु दाहालले संयुक्त रुपमा र्‍यालीको शुभारम्भ गरेका थिए ।

१५४ वटा कार सहभागी रहेको र्‍यालीमा सहभागीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि शनिवारै स्वागत गरेको छ । यसअघि गैंडाकोट नगरपालिकाले पनि र्‍यालीलाई स्वागत गरेको थियो । 

भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक, नारायणी नदीबीच मोडेल तथा चौकीडाँडा महानगरको प्रमुख ७ केन्द्र रहेका छन् ।

संघीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा बागमती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्य मध्ये सूचीकृत मेघौली पनि महानगरभित्रै पर्दछ । 

पर्यटकीय गन्तव्य प्रचार गर्न खोजिएको बताउँदै पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x