×

NMB BANK
NIC ASIA

‘बार्सागेट’ विवाद र मेस्सीको अद्भुत प्रदर्शन

फागुन ११, २०७६

NTC
Photo : Getty Images/goal.com
Premier Steels

बार्सिलोना क्लबमा अहिले द्वन्द्को स्थिति रहेको बेलामा शनिवार क्लबले आइबरसँग गृहमैदानमा भिडन्त गरेको छ । 

Muktinath Bank

क्लबले बार्सागेट भनिएको सामाजिक सञ्जाल विवाद भोगेको थियो र लेगानेसका स्ट्राइकर मार्टिन ब्रेथवेटलाई भित्र्याएर सानो टोलीमा धावा बोलेको भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आलोचना खेपेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार खेल शुरू भएको केही समयसम्म बार्सिलोनाका प्रशंसकहरूले बोर्डप्रति आक्रोश व्यक्त गर्दै सेतो रुमाल लहराए अनि अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई राजीनामा दिन भने । अनि आइबरका खेलाडी सर्जिओ एनरिचको गोललाई अफसाइड भनी मान्यता दिइएन । 


Advertisment
Nabil box
Kumari

त्यसपछि खेलमा लियोनल मेस्सीको नियन्त्रण रह्यो र उनले पहिलो हाफमै ह्याटट्रिक गरे । त्यसले चोटग्रस्ट क्याम्प नाओलाई मलम लगाउने काम गर्‍यो । अनि उनले खेल सकिने बेलातिर चौथो गोल थपेर बार्सिलोनालाई ५–० को विजय दिलाए र क्लबलाई ला लिगाको शीर्ष स्थानमा पुर्‍याए । 

Vianet communication

अर्जेन्टिनी सुपरस्टार मेस्सीले १४ मिनेटमा क्लबका लागि खाता खोल्न गजबको गोल गरे । उनले डिफेन्डर अनाइट्ज आर्बिलालाई नटमेग गर्दै अर्का डिफेन्डरलाई रनभुल्ल पारे अनि गोलपोस्टभित्र बल छिराए । 

सन् २०१३–१४ को सीजनपछि पहिलोपटक मेस्सीले लगातार चार खेलमा कुनै पनि गोल गर्न सकेका थिएनन् । तर पछिल्लोपटक गोल गरेदेखि उनले ६ वटा असिस्ट चाहिँ गरेका छन् । 

अनि अझ महत्त्वपूर्ण कुरा त, बार्सिलोनालाई विगत केही दिनको तनावबाट अघि बढ्न यस प्रदर्शनले मद्दत गर्‍यो । मंगलवार बार्सा च्याम्पियन्स लीगको खेलका लागि नेपोली जाँदैछ र क्लबमा भएको अव्यवस्थाले युरोपेली प्रतियोगितामा उनीहरूको सफलतालाई रोक्ने स्थिति आउन हुँदैनथियो । 

बार्सिलोनाको बोर्डले एक सामाजिक सञ्जाल कम्पनीलाई मेस्सी र जेरार्ड पिके लगायतका खेलाडीको आलोचना गर्न पैसा तिरेको भनी उठेको विवाद साम्य भइसकेको छैन । बार्साले यी सबै आरोप खारेज गरेको छ र अध्यक्ष बार्टोमेउले घटनाको विश्लेषण गरिरहेको बताएका छन् । 

मेस्सी आफैंले प्रमाणबाट के देखिन्छ त्यो हेर्ने बताएका छन् । तर अहिलेका लागि उनी र क्लबले खेलहरू जित्नु नै महत्त्वपूर्ण कुरा हो । 

आइबरविरुद्धको खेलका लागि प्रशिक्षक किके सेतिएनले लेफ्ट विंगमा आर्टुरो भिडाल, राइट विंगमा एन्टोइन ग्रीजम्यान र सेन्टरमा मेस्सीलाई राखे । ब्रेथवेटलाई बेन्चमा राखियो र शायद उनी लामै समय बेन्चमा बस्छन् होला । 

बार्सिलोनाले प्रभावशाली जीत हासिल गरेको भए पनि सेतिएनको प्रशिक्षणमा खेलाडीले सहज खेल देखाइरहेका छैनन् तर क्लबमा मेस्सी हुँदा समस्या भने छेकिन्छ । 

कप्तान मेस्सीले सर्जिओ बुस्केट्स र भिडालको राम्रो मुभको सदुपयोग गर्दै आइबरको डिफेन्सलाई चिरेर ३७औं मिनेटमा दोस्रो गोल गरे । 

त्यसको तीन मिनेटपछि उनले ह्याटट्रिक पूरा गरे । उनले ग्रीजम्यानलाई गोल मिलाएको भए पनि ग्रीजम्यानले गोल गर्ने मौका पाएनन् अनि मेस्सी आफैंले लूज बललाई पोस्टमा छिराए । 

क्लबमा भर्खर भित्र्याइएका ब्रेथवेटले ग्रीजम्यानलाई खेल सकिन २० मिनेटअगाडि रिप्लेस गरे । उनलाई प्रशंसकहरूले निकै चर्को आवाज निकालेर स्वागत गरे । 

उनले मेस्सीलाई चौथो गोल गर्नका लागि राम्रो क्रस दिए । अनि उनले हानेको बल आर्थुरतिर पुगेपछि आर्थुरले गोल गरे र क्लबको पाँचौं गोल भयो ।

बार्सिलोनालाई लीग विजयको बाटोमा लम्किनका लागि हिजोको प्रदर्शन निकै लाभदायक रह्यो ।

– गोल डट्कममा प्रकाशित रिक शर्माको रिपोर्ट

मेसी र पिकेको बदनाम गर्न बार्सिलोना क्लबको बोर्डले नै सामाजिक सञ्जालमा क्याम्पेनिङ गराएको भनिएको बार्सागेट विवादबारे पढ्न यो लिंकमा जानुहोस् :

बार्सिलोनामा चर्कियो विवाद : केही अधिकारीले मेस्सीविरुद्ध अभियान सञ्चालन गरेको आरोप

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x